schedule मङ्लबार, फाल्गुन ६, २०७६

छायाँनाथ राराकाे बजेट ५२ करोड

३१ असार २०७६, मंगलवार ०८:०९

Sharing is caring!

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाको साढे ५२ करोड बजेट सार्वजनिक गरेको छ । आइतवार प्रस्तुत गरिएको नीति तथा कार्यक्रम सो बजेट सार्वाजनिक गरिएको हो ।

नगर प्रमुख हरिजङ्ग शाहीले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा नगर क्षेत्रको समग्र विकासको लागि कुल ५२ करोड, १ लाख ९६ हजार ३ सय ८३ रुपैंयाँको बजेट सार्वजनिक गर्नु भएको हो ।

प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा विशेष गरेर नगर क्षेत्र भित्रका १४ वटै वडाहरुका सबै बस्तीहरुमा यातायातको सहज पहुँच पुर्याउने कुरामा जोड दिईएको छ ।

यसैगरी उज्याला घर हाम्रो नगर अभियान अन्तर्गत नगरका सबै बस्तीहरुमा विद्युत सेवा विस्तार गर्नका लागि २ वर्ष भित्र १ मेघावाट विद्युत उत्पादन गर्ने कुरा प्रस्तुत नीति तथा कार्यक्रमा समेटिएको छ ।

नगर क्षेत्र भित्रका उत्कृष्ट पर्यटकीय स्थलहरु रारा, छायाँनाथ, थार्पमष्टा, चंखेली हिमाल, ऋणमोक्ष लगायतको विकास गरी ५ वर्ष भित्रमा दोब्बर पर्यटक पुरयाउने नीति अवलम्बन गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
shares