schedule बुधबार, माघ ८, २०७६

खुल्ला हुँदा रारा विमानास्थलमा सुरक्षा चुनौती

२९ असार २०७६, आईतवार १५:३६

Sharing is caring!

मुगु । मुगुको रारा बिमानास्थल ताल्चामा कालोपत्रे भएपनि खुल्ला अवस्थामै रहेकाले सुरक्षा चुनौति थपिएको छ । लामो समयदेखि सञ्चालनमा आएको ताल्चा विमानस्थलको कम्पाउण्डवाल नहँदा सुरक्षा चुनौति थपिएको हो ।

विमानास्थल सञ्चालनमा आएको करिब सोह्र वर्षमा पनि पर्खाल नहुँदा विमानास्थलमा मानिस, गाई, भैंसी, कुकुर अनियन्त्रित रुपमा हवाई मैदानमा प्रवेश गरि हिडडुल गर्ने तथा फोहर गर्ने गरेकाले विमानास्थलमा दिन प्रतिदिन सुरक्षा चुनौति थपिदै गएको रारा नागरिक उडड्यन प्राधिकरण ताल्चका निमित्त प्रमुख किरण दाहालले बताउनुभयो ।

विमानास्थलको पर्खाल एवं कम्पाउण्डवाल नहँदा उडान हुने समयमा कुकुर लगायतका पशु चौपाय विमानास्थलमा पस्ने खतरा रहेको बताईएको छ ।
विमानास्थल नजिकै बसोबास गर्ने स्थानीयले विमानास्थललाई नै बाटोको रुपमा प्रयोग गर्दा उडान हुँदाका दिन सुरक्षाकर्मीलाई सुरक्षा दिन समेत गाह्रो हुने गरेको छ ।

दैनिक रुपमा तिन/चार वटा उडान हुने विमानास्थलमा सुरक्षा जाँच, ट्रमिनल भवन हाल काठको टहरामा काम चलाउँदै आएको समेत विमानास्थलका निमित्त प्रमुख दाहालले बताउनु भयो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
shares