schedule मङ्लबार, फाल्गुन ६, २०७६

गोठीकाँडामा १५ सय विरुवा रोपियाे

२८ असार २०७६, शनिबार १७:१५

Sharing is caring!

सुर्खेत । वीरेन्द्रनगर ४ को भैरम सामुदायिक वन उपभोक्ता समूहले एकै दिन १५ सय विरुवा रोपेको छ । शनिवार उत्तरी जलाधार क्षेत्रको गोठीकाँडामा विभिन्न सामाजिक संघसंस्था र नेपाली सेनाको सहयोगमा विभिन्न जडिबुटी प्रजातिका १५ सय विरुवा रोपिएको हो ।

च्युरी, शितलचिनी, हर्रो, बर्रो, कोइराल र तेजपातका १५ सय बढी विरुवाहरु रोपिएको वन समूहका सहसचिव कुमार पन्तले जानकारी दिनु भयो । सहसचिव पन्तका अनुसार वन समूहका अध्यक्ष अम्मरबहादुर कार्की, डा.नवराज केसीको नेतृत्वको विंग्स फाउण्डेशन र नेपाली सेनाको टोलीले विरुवाहरु रोपेको थियो ।

वन समूहका अध्यक्ष अम्मरबहादुर कार्कीले उत्तरी जलाधार क्षेत्रमा रहेको सल्लाको रुखहरुले भूक्षय रोक्न नसकेको हुँदा अव क्रमशः त्यसलाई हटाएर बहुमूल्य प्रजातिका जडिबुटीहरु रोप्न आवश्यक रहेको बताउनु भयो । प्रदेश राजधानीको सदरमुकामको पानीको स्रोत रहेको उक्त जलाधार क्षेत्र पछिल्लो समय भूक्षयको चपेटामा परेको छ । सल्लोले भूक्षय रोक्न नसकेपछि अहिले जडिबुटीका विरुवाहरु रोप्नु परेको अध्यक्ष कार्कीले बताउनु भयो ।

उक्त वन समूहले असार महिनामा मात्रै आफ्नो वन क्षेत्रभित्र करिव ३ हजार जडिबुटीका विरुवाहरु रोपिसकेको सहसचिव कुमार पन्तले जनाउनु भयो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
shares