schedule शुक्रबार, माघ १०, २०७६

चार लाख घुससहित जिल्ला वन प्रमुख पक्राउ

२७ असार २०७६, शुक्रबार १६:२५

Sharing is caring!

सुर्खेत । जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख (डिएफओ) चार लाख रुपैयाँ घुससहित पक्राउ पर्नु भएकाे छ । विशेष सूचनाका आधारमा जिल्ला वन प्रमुख भक्तबहादुर लामालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै शुक्रबार मध्यान्ह १२ बजे चार लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले लामालाई कार्यकक्षबाटै घुससहित पक्राउ गरिएको जानकारी दिनु भयाे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयले लामा सेवाग्राहीबाट घुस लिँदालिँदै पक्राउ परेको पुष्टि गरेको छ ।

‘लामालाई घुससहित पक्राउ गरिएको छ’, अख्तियारका प्रवक्ता कोइरालाले भन्नुभयाे, ‘लामा एकजना पक्राउ परेका छन्। यसबारे विस्तृत विवरण आइसकेको छैन ।’

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
shares