• schedule सोमवार, कार्तिक ४, २०७६

    ‘मुख्यमन्त्री र नगरप्रमुख बनाउन मात्र संघीयता ल्याएका होइनौँ’

    २२ असार २०७६, आईतवार १२:१०

    Sharing is caring!

    कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुख्मन्त्री, नगरप्रमुख र गाउँपालिका अध्यक्ष बनाउनका लागि मात्र संघीय व्यवस्था नल्याइएको बताउनुभएको छ ।

    मादी गाउँपालिकाले पाँचौँ गाउँसभाबाट पारित गरेको आगामी आर्थिक वर्ष २०७६*७७ को नीति कार्यक्रम तथा बजेट सार्वजनिकीकरण समारोहमा शनिबार गाउँपालिकाको केन्द्र याङ्जाकोटमा उहाँले विगतमा काठमाडौँमा रहेको एउटा सरकारले देशको विकास नभएकाले त्यसलाई फालेर देशमा तीन तहमा गरी
    ७६१ सरकार गठन गरेर अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “मुख्यमन्त्री, गाउँपालिका अध्यक्ष र नगर प्रमुख बनाउन सङ्घीयता ल्याइएको होइन, जनताको पीरमर्का बुझ्नका लागि जनतालाई घरघरमा पुगेर सेवा गर्नका लागि काठमाडाँै मात्र होइन, यही याङ्जाकोट र पोखरामा सिंहदरबार ल्याएका छौँ ।”

    मुख्यमन्त्री गुरुङले समावेशी लोकतन्त्रको अभ्यास गरिएको र देशको विकासका लागि अब कुनै पनि अवरोध र बाधा अड्चन नभएको बताउनुभयो । उहाँले आगामी १० वर्षभित्र मध्यमखालको विकास भएको मुलुकका रुपमा लैजाने र २५ वर्षभित्र विकसित मुलुकको दाँजोमा लैजाने भनेर सरकारले योजना बनाएको उल्लेख गर्नुभयो । उहाँले प्रदेशका १५ प्रतिशत जनताको घरमा अहिले पनि बिजुली नबलेकोमा आगामी आर्थिक वर्षमा पाँच लाख ७८ हजार २९७ घरधुरीसम्म विद्युत् पुर्याउने गरी बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

    कार्यक्रममा प्रदेशसभा सदस्यद्वय मनबहादुर गुरुङ र गायत्री गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङले आगामी आर्थिक वर्षमा पूर्वाधार विकासलाई प्राथमिकता दिई गाउँसभाबाट पारित रु ६१ करोड ३२ लाख ४४ हजारको बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । रासस

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares