• schedule सोमवार, अशोज २७, २०७६

    सहमति भए नेतृत्वको दाबी गर्दिन : वरिष्ठ नेता पौडेल

    २० असार २०७६, शुक्रबार १२:३४

    Sharing is caring!

    चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकजुट बनाउन सक्ने नेतृत्व खोज्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले त्यस्तो सहमति भएमा आफूले नेतृत्वको दाबी नगर्ने बताउनुभयो ।

    पार्टीभित्र सुधार र परिवर्तन आवश्यक रहेको बताउँदै उहाँले समयमा नै महाधिवेशन गर्नु पर्नेमा जोड दिनु भयो । पौडेलले भन्नुभयो “म नहुँदा पनि एकता हुन सक्छ । जसमा एकता हुन्छ छलफलबाट त्यसैलाई नेतृत्व दिनुपर्छ ।” पार्टीमा सुधार र परिवर्तनको आवश्यकता रहेको भन्दै पौडेलले त्यसका पक्षधरसँग छलफल भइरहेको जानकारी दिनुभयो ।

    पार्टीले प्रतिपक्षको सशक्त भूमिका निर्वाह गर्नुपर्ने भन्दै उहाँले यस विषयमा पार्टीभित्र छलफल भइरहेको बताउनुभयो । कांग्रेसलाई बलियो बनाउन तलैबाट सङ्गठन मजबुत बनाएर लैजानुपर्ने पौडेलको भनाइ थियो ।

    सरकारप्रति आक्रोश पोख्दै पौडेलले अहिलेको नेतृत्वको जनताले विकल्प खोजेको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यो विकल्प कम्युनिष्टबाट हुन सक्दैन अब कांग्रेस तयार हुनुपर्छ ।” जनताको अगाडि भरोसाका रुपमा कांग्रेसलाई अगाडि बढाउनुपर्ने भन्दै उहाँले गणितले केही पनि गर्दैन भन्नुभयो । पौडेलले भन्नुभयो, “नेपाली कांग्रेसको जनाधार र भूमिका महत्वपूर्ण भएकाले अङ्क गणितले असर पार्दैन ।”

    सरकारले आफ्ना पक्षधरलाई मात्र पक्षपोषण गरेर विपक्षीलाई बेवास्था गरेको आरोप लगाउनुभयो ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares