• schedule मङ्लबार, कार्तिक ५, २०७६

    पुराना ट्रान्सफर्मरका कारण विद्युत अवरुद्धकाे सास्ती

    १९ असार २०७६, बिहीबार १७:४४

    Sharing is caring!

    सुर्खेत । पुराना ट्रान्सफर्मरका कारण सुर्खेत वीरेन्द्रनगरका बासिन्दाले विद्युत अवरुद्धको सास्ती खेप्नु परिरहेको छ । वीरेन्द्रनगरको वडा नं. ४ का केही बस्तीमा मंगलवार र बुधवार रातभर विद्युत अवरुद्ध भएकाे छ । चन्द्रमान चोक नजिकको ट्रान्सफर्मर हाई भोल्टेजले जलेपछि त्यस क्षेत्रका सय घर अँध्यारोमा बस्न बाध्य भएका  छन्  ।


    बुधवार साँझ विग्रिएको सो ट्रान्सफर्मर विहीवार दिउँसो मात्र मर्मत गरी संचालनमा ल्याइएको थियो । त्यहाँको ट्रान्सफर्मर पुरानो र थोत्रो भएकोले बारम्बार त्यस क्षेत्रमा विद्युत अवरुद्ध भइरहने गरेको छ । भोल्टेज अप डाउन हुनासाथ कहिले क्वाइल जल्ने, कहिले के भएको कारण देखाएर त्यस क्षेत्रका बासिन्दाहरुले विद्युतको अभावमा सास्ती खेपिरहनु परेको स्थानीयहरु बताउँछन् । पुराना र थोत्रा ट्रान्सफर्मरले विद्युत भार नथाम्दा आफूहरुले विद्युत उपभोग गर्न नपाएको उनीहरुको भनाइ छ । हप्तै पिच्छेजसो यस्तो समस्या भोगिरहेको स्थानीयहरु जनाउँछन् ।

    यस्तै विद्युत आएको बेलापनि थोत्रा ट्रान्सफर्मरका कारणले गर्मीयाममा सहजरुपमा विद्युत बाल्न नपाएको गुनासो स्थानीयले गर्दै आएका छन् । उनीहरुले नजिकको थोत्रो ट्रान्सफर्मर परिवर्तन गर्न माग गरेका छन् । महिनामा दुई चार पटक यस्तै समस्या भोग्नुपरेको भन्दै उनीहरुले विद्युत प्राधिकरणको बेवास्ता गरिरहेको आरोप लगाउँछन् ।

    बुधवार साँझ ट्रान्सफर्मरमा खरावी आएको भनिएपछि विहीवार दिउँसो मात्रै मर्मत गरिएको थियो । वीरेन्द्रनगरमा रहेका थोत्रा र पुराना ट्रान्सफर्मरका कारण विद्युतको लो भोल्टेज, पड्कने समस्याहरु भोग्न सेवाग्राहीहरु बाध्य भएका छन् । केही समय यता विद्युत प्राधिकरणले टूान्सफर्मर परिवर्तन गर्ने कामपनि जारी राखेको छ । थोरै क्षमता भएका ठाउँमा ठूलो क्षमताको ट्रान्सफर्मर राख्ने काम भइरहेको छ । विद्युतको माग बढ्दो तर क्षमता कम हुँदा टूान्सफर्मर पड्कनेजस्ता समस्याहरु देखापरेको बताइन्छ ।

    सुर्खेतमा करिव डेढ सय ट्रान्सफर्मर छन् । लो र हाई भोल्टेजले दैनिक जसो एउटा ट्रान्सफर्मरमा खरावी आइरहने विद्युत प्राधिकरणका इन्जिनियर विजेश रंजित बताउँनुहुन्छ । उहाँले दैनिक ३५० एम्पियर विद्युत आउनुपर्नेमा बढीमा २५० देखि २८० एम्पियरसम्म आउने गरेको बताउनु भयाे ।

    कम विद्युत आपूर्ति हुँदा भार थेग्न नसकेर लो भोल्टेज र छिनछिनमा विद्युत अवरोधको समस्या भोग्नुपरेको इन्जिनियर रंजितकाे भनाइ छ ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares