• schedule बुधबार, मंसिर २५, २०७६

    उपराष्ट्रपतिसँग फ्रान्सका राजदूतको भेट

    १९ असार २०७६, बिहीबार १६:४७

    Sharing is caring!

    काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि फ्रान्सका राजदूत प्रान्कोइज जेभियर लेगरले शिष्टाचार भेट गर्नुभएको छ । बिहिबार उपराष्ट्रपति भवन, ग्रीनहाउसमा राजदूत लेगरले उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नुभएको हो ।

    भेटमा उपराष्ट्रपतिले नेपाल र फ्रान्सको सम्बन्ध धेरै पुरानो र उत्कृष्ट भएको बताउनुभयो । उहाँले दुई देशबीचको सम्बन्ध जनस्तरसम्म फैलिएको र प्रगाढ बन्दै आएको बताउनुभयो ।

    उहाँले नेपाल राजनीतिक स्थायित्वपछि ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारासहित विकास र समृद्धिको मार्गमा अग्रसर रहेको बताउनुभयो । कृषि, पर्यटन, जलविद्युतको विकास, भौतिक पूर्वाधार निर्माण र सुशासन नेपालको प्राथमिकतामा रहेको उपराष्ट्रपतिले पुनले फ्रान्सका राजदूतलाई अवगत गराउनुभयो । उपराष्ट्रपतिले यूरोपियन युनियनले नेपाल वायु सेवा निगमको यूरोपियन गन्तव्यमा हुने उडानमा सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । उपराष्ट्रपतिसँगको भेटमा राजदूत लेगरले नेपालको राजनीतिक स्थायित्व, आर्थिक विकास र सांस्कृतिक सम्पदा देखेर खुशी रहेको बताउनुभयो ।

    उहाँले दुई देशबीच औपचारिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको बताउनुहुँदै दुई देशबीचको सम्बन्ध प्रगाढ बनिरहेको बताउनुभयो ।

    राजदूत लेगरले फ्रान्सले नेपालसँग औद्योगिक तथा आर्थिक विकासमा साझेदारी गर्न चाहिरहेको बताउनुभयो ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares