• schedule सोमवार, कार्तिक ४, २०७६

    प्रधानमन्त्री रोजगार कार्यक्रममा राउटे युवा

    १९ असार २०७६, बिहीबार १६:१६

    Sharing is caring!

    सुर्खेत । गुराँस गाउँपालिका दैलेखमा रहेको रोजगार सेवा केन्द्रले फिरन्ते जिवन बिताउँदै आएका राउटे समुदायका युवाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध बनाएको छ । सरकारले विपन्न र बेरोजगार युवालाई लक्षित गरी ल्याएको यो कार्यक्रममा गुराँस गाउँपालिका दैलेखमा बस्ने राउटे समुदायका युवाहरु लाई रोजगार कार्यक्रममा आबद्ध बनाएको हो ।

    राउटे समुदायका ४६ जना युवालाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काममा खटाइएको गाउँपालिका रोजगार संयोजक मोहन प्रसाद पौडेलले जानकारी दिनु भयो । ‘विपन्न र बेरोजगार युवाहरुलाई लक्षित गरेर आएको प्रधानमन्त्री रोजगार कार्यक्रम एक घर, एक रोजगार भनेर हामीले राउटे समुदायका ४६ घरपरिवारका ४६ जना युवालाई काममा लगाएका छौँ,’ उहाँले भन्नुभयो,‘अहिलेसम्म काम गर्न उत्साहित छन् । उनीहरुलाई विशेष गरी वृक्षारोपण, गोरेटो बाटो खन्न लगाएका छौँ ।’

    बनजंगल फडानी गर्दै काठका भाडाकुँडा बनाएर अन्नसँग साट्ने राउटेलाई वृक्षारोपण गर्न लगाईए गुँरास गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताउनु भयो । जंगल मास्न हुँदैन भन्ने सन्देश दिनका लागि पनि वृक्षारोपण गर्न लगाइएको अध्यक्ष ओलीले जनाउनु भयो । उहाँले जंगलका राजा भनिने राउटे समुदायलाई पनि राज्यको मुलधारमा ल्याउनकै लागि भएपनि प्रधानमन्त्री रोजगार कार्यक्रममा संलग्न गराएको बताउनु भयो । अध्यक्ष ओलीका अनुसार अहिले राउटे युवाहरुलाई वृक्षारोपण गरी संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिन वृक्षारोपण गर्न लगाईएको छ ।

    रोजगारमा संलग्न ४६ जना राउटे युवाहरुले गाउँपालिकामा सुरुको दिन मात्रै ५० भन्दा बढी गुराँसका बेर्ना रोपेका छन् ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares