• schedule सोमवार, अशोज २७, २०७६

    अटो चालकलाई क्लास दिन्छौ – प्रहरी नायब महानिरीक्षक जोशी

    १८ असार २०७६, बुधबार १७:४५

    Sharing is caring!

    सुर्खेत । कर्णाली प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक पुर्ण चन्द्र जोशीले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा मनपरी ढङ्गले चलाईरहेका अटो चालकलाई प्रशिक्षण क्लास दिइने बताउनु भएको छ ।

    काठमाडौँबाट सरुवा भएर यही असार ९ गते सुर्खेत आइपुग्नुभएका कर्णाली प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक जोशीले बुधबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताउनु भएको हो । उहाँले वीरेन्द्रनगरमा मनपरी तरिकाले अटो चलाउने कार्य भइरहेको बताउँदै यसले दुर्घटना निम्त्याउने भन्दै अटो चालकलाई प्रशिक्षण क्लास दिन जरुरी रहेको जनाउनुभयो । उहाँले भन्नुभयो ‘वीरेन्द्रनगरमा मनपरी तरिकाले अटो चलाउने कार्य भईरहेको छ । यो नियन्त्रण गर्नका लागि हामिले अब छिटै अटो चालकलाई क्लास दिने छौ ।’

    महानिरीक्षक जोशीले आफ्नो कार्यकालमा कर्णाली प्रदेशमा लागु औषध नियन्त्रण, सवारी दुर्घटना न्यूनिकरणका साथ साथै सुरक्षा व्यवस्थालाई चुस्त र दुरुस्त राख्ने आफ्नो कर्तव्य र जिम्मेवारी भएको बताउँदै त्यस तर्फ ध्यान केन्द्रित गरेर सबैको साथ र सहयोगका साथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले सुरक्षित समाज र विकास निर्माणमा प्रहरीले सबैसंग साझेदारी गर्दै अगाडि बढ्ने जनाउनु भयो । कर्णाली प्रदेशमा मादक पदार्थ सेवन भन्दा धेरै गाजा सेवन गरेको भेटिएको बताउँदै उहाँले यसमा रोक लगाउनका लागि प्रहरीले उच्च सर्तकताका काम गर्ने बताउनु भयाे । उहाँले प्रदेशमा लागु औषध नियन्त्रण गर्नका लागि आफु सदैव अघि बढ्ने बताउनु भयो ।

    ट्राफिक प्रहरी कार्यालय कर्णाली प्रदेश प्रमुख एसपी बिमल बस्नेतले सवारी साधनको व्यवस्थापनमा कुनै कसर बाँकी नराख्ने बताउनु भयो । उहाँले ट्राफिकले सवारी साधनहरुबाट लिने जरिवाना नगदमा नलिई बैंक मार्फत लिने गरिएको बताउनु भयो ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares