• schedule सोमवार, अशोज २७, २०७६

    विपन्न परिवारलाई सोलार वितरण

    १७ असार २०७६, मंगलवार १०:३३

    Sharing is caring!

    बझाङ । घरमा उज्यालोको सुविधा र बालबालिकाको पढाईमा सुधार गर्नका लागि यहाँको बित्थड चिर गाउँपालिकाले गाउँपालिका भित्र रहेका बिपन्न परिवारहरुलाई सोलार सेट वितरण गरेको छ । पुस्तौ देखि अध्यारोमा बस्न बाध्य विपन्न घर परिबारले निःशुल्क रुपमा गाउँपालिकाबाट सोलार पाँएपछि खुशी भएका छन् ।

    गाउँपालिका भित्र लघुजलबिधुत निर्माण गर्नका लागि स्रोत तथा सम्भावना नभएकाले गाउँपालिकाले सोलार जडान गरेको हो । गाउँपालिका भित्रका असहाय बिपन्न गरिब परिवारको घरमा आर्थिक समस्याले सोलार जडान गर्न नसेको हुँदा त्यस्ता घरधुरि छनौट गरेर सोलार बितरण गरिएको गाउँपालिका अध्यक्ष प्रेम बहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँ घर तिर हामी जाँदा कसैका घर सोलारले झिलीमिली कसैका घर अध्यारो भएको हुँदा गरिब र धनि सहजै चिनिने अबस्था देखिएकोले गरिब घरधुरिहरुको मनोवल उच्च राख्न यो कार्यक्रम थालनी गरेका हाैँ ।’ गाउँपालिका र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र खुमलटार ललितपुरको साँझेदारीमा गाउँपालिका भित्रका २ सय ७० घरधुरिमा सोलार बितरण गरेको छ ।

    साथै गाउँपालिकाले स्थानीय विद्यालय, मन्दिर, सामुदायिक भवनहरुमा पनि २६ सेट बितरण गरेको गाउँपालिका प्रवक्ता हर्क बहादुर धामीले बताउनुभयो । विपन्न घरधुरिलाई वितरण गरेका सोलार सेटहरु २० वाटका रहेका छन् । राती अरुका घर झिलिमिली भएको देख्दा आफु र केटा केटीलाई साह्रै नमजा लाग्थ्यो बित्थड चिर गाउँपालिका ६ की एकल महिला रंगा देबी बिकले भन्नुभयो, ‘आफुले कमाएर सोलार राख्न सोचेकै थिएन् तर गाउँपालिकाबाट निशुल्क सोलार जडान गरि दिए पछि घरमा उज्यालो भएको छ ।’ उहाँले भन्नुभयो, ‘सोलारको उज्यालोले घर झिलीमिली भएपछि छोरा छोरी उत्साहित भएर पढाई लेखाईमा जोड दिन थालेका छन् ।’

    गाउँपालिका भित्र रहेका एक देखि ९ सम्मका प्रत्येक वडका २८/२८ विपन्न परिबारलाई सोलार सोट दिएको हो । प्रवक्ता धामीले भन्नेभयो, ‘सोलार वितरण कार्यक्रम हामीले लगभग सबै वडामा सक्यौ अब केही वडा र सार्वजनिक संस्थामा जडान गर्न बाँकी छ । सोलारहरु भने सबै ल्याई सकेको गाउँपालिकाले जनाएको छ । सोलार बितरणका लागि गाउँपालिकाबाट १२ लाख रुपयाँ खर्च भएको छ भने अन्य वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले सहयोग गरेको छ । रासस

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares