schedule शुक्रबार, फाल्गुन १६, २०७६

तत्कालीन लोकतान्त्रिक फोरमका सदस्यता छानविन गर्दै कांग्रेस

१४ असार २०७६, शनिबार ०६:३३

Sharing is caring!

काठमाडौँ । नेपाली कांग्रेसले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका २५ हजार ४६८ क्रियाशील सदस्यता सूची सम्बन्धित जिल्लामा पठाई दुई हप्ताभित्र छानविन गरी निर्णयसहित केन्द्रमा पठाउन निर्देशन दिएको छ ।

कांग्रेस र तत्कालीन लोकतान्त्रिक फोरमका साङ्गठनीक संरचना समायोजन गरी पार्टी एकता सम्बन्धी आवश्यक कार्य गर्न गठित समायोजन समितिको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । कांग्रेस उपसभापति एवं समितिका संयोजक विमलेन्द्र निधिको अध्यक्षतामा बसेको बैठकले क्रियाशील सदस्यता छानविन गर्न कांग्रेसका जिल्ला सभापति, साविक निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति तथा तत्कालीन लोकतान्त्रिक फोरमका जिल्ला सभापति र साविक निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति रहेको
छानविन समिति गठन गर्ने निर्णय गरेको छ ।

बैठकले २०७५ साल मंसिर २८ देखि पुस ८ गतेसम्म काठमाडौँमा सम्पन्न कांग्रेस महासमितिको बैठकमा तत्कालीन लोकतान्त्रिक फोरमबाट सहभागी भएका २०० महासमिति सदस्यको नामावली सम्बन्धित जिल्लामा पठाई अभिलेख अद्यावधि गर्न काङ्ग्रेस जिल्ला कार्यसमितिलाई निर्देश गर्ने निर्णय गरेको छ । साथै तत्कालीन लोकतान्त्रिक फोरमबाट प्रस्तुत भएका समायोजन सम्बन्धी बाँकी प्रस्ताव उपरको छलफल जारी राख्ने र पार्टी समायोजन सम्बन्धमा हालसम्म भए गरिएका कार्य प्रगतिको प्रतिवेदन यही असार २२ गतेदेखि प्रारम्भ हुने काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने निर्णय गरेको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
shares