• schedule सोमवार, अशोज २७, २०७६

    एसईईको परीक्षाफल सार्वजनिक

    १२ असार २०७६, बिहीबार १७:१२

    Sharing is caring!

    काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल सार्वजनिक गरेको छ । यस वर्षकाे एसईई परीक्षमा कुल चार लाख ५९ हजार २७५ जना विद्यार्थी सहभागी भएका थिए ।


    राष्ट्रिय परीक्षा वोर्डका अनुसार जीपीए ३.६० देखि ४.०० सम्म १७ हजार ५८०, जीपीए ३.२ देखि ३.६ सम्म १७ हजार ५८० र ३.२ देखि ३.६ सम्म ल्याइ उतीर्ण हुने ५१ हजार १३७ जना रहेका छन् ।

    त्यस्तै जीपीए २.८० देखि ३.३० सम्म ६३ हजार ७४१ , २.४ देखि २.८ ७६ हजार ५६४ र जीपीए २.० देखि २.४ ल्याइ उतीर्ण हुने ९८ हजार २०७ रहेका छन् ।
    यसै गरी १.६ देखि २.० ९५ हजार ३०७, १.२ देखि १.६ सम्म ४३ हजार ८४१ जीपीए ०.८ देखि १.२ सम्म ल्याउने ४ हजार ४१९ रहेका छन् भने ग्रेड काउन्ट नभएका ८ हजार ४६९ रहेका छन् ।

    एसईईमा कुल दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्राको सहभागीता रहेको थियो । यस पटकको परीक्षामा सबैभन्दा बढी प्रदेश नं ३ बाट एक लाख ६०२ परीक्षार्थी थिए भने सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६२४ परीक्षार्थी सहभागी भएका थिए ।

    त्यस्तै प्रदेश–१ बाट ८३ हजार ८१८, प्रदेश –२ बाट ७० हजार ५१८, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश–५ बाट ७६ हजार ९८३ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९७२ परीक्षार्थी सामेल भएका थिए ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares