schedule मङ्लबार, फाल्गुन ६, २०७६

घरघरमा झण्डा, गर्भवतीलाई अण्डा

१० असार २०७६, मंगलवार २०:१९

Sharing is caring!

हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिकाले ‘घरघरमा झण्डा गर्भवतीलाई अण्डा’ कार्यक्रम ल्याइएको छ । भर्गवती महिलालाई पोषिलो अण्डा खुवाउने उद्देश्यले यो कार्यक्रम ल्याएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिनु भयो । गर्भवती महिलाले नियमित स्वास्थ्य जाँच गराउन भन्ने उद्देश्यले गर्भवती महिलाले घरमा हरियो झण्डा राख्नुपर्ने र गाउँपालिकाले अण्डा खुवाउने कार्यक्रम ल्याइएको अध्यक्ष लामाले बताउनुभयो ।

त्यस्तै गाउँपालिकाले ६० वर्ष भन्दा माथी उमेर भएका बृद्धबृद्धाहरुलाई घरघरमा गएर स्वास्थ्य उपचार गर्ने कार्यक्रम ल्याएको छ । गाउँ सभा मार्फत आज ५० करोड बराबरको बजेट संगै प्रस्तुत नीति तथा कार्यक्रम मार्फत गाउँपालिकाले ‘गाउँगाउँमा रोजगारी घरघरमा स्वास्थ्यकर्मी’ कार्यक्रम ल्याएको हो । पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान संगको सहकार्यमा ६० वर्ष माथिका उमेर भएका बृद्धबृद्धाहरुलाई महिनामा एक पटक घरघरमा गएर उपचार गर्ने कार्यक्रम ल्याइएको गाउँपालिलाका अध्यक्ष लामाले जानकारी दिनुभयो ।

गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम जस्तै भिमफेदीमा पनि गाउँमै रोजगारी दिलाउने खालका कार्यक्रम समेत ल्याएको छ । वालविवाहलाई न्युनीकरण गर्नका लागि १४ वर्ष देखि २० वर्ष सम्मका किशोरीहरुलाई बिमा कार्यक्रम पनि ल्याइएको छ । बाल विवाह गरिसकेका किशोरीहरुको बिमा भने नगरिने उहाँले बताउनुभयो । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
shares