• schedule सोमवार, अशोज २७, २०७६

    नेपाल कम्युनिष्ट पार्टी (मसाल) को निर्णय सार्वजनिक

    ७ असार २०७६, शनिबार १८:१०

    Sharing is caring!

    सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले सशस्त्र द्वन्द्वको समयमा निशस्त्र र निहत्था जनतामाथि राज्य र विद्रोही दुवै पक्षद्वारा भएको मानवता विरुद्धको अपरागत जेठ १६ देखि २२ गतेसम्म भएको पार्टीको ८ औं महाधिवेशनको निर्णयहरु शनिवार सुर्खेतमा सार्वजनिक गर्दै पार्टीले सो जोड दिएको हो ।

    पार्टीको महाधिवेशनले कांग्रेस, राप्रपा र मधेशवादी संगठनलाई दुश्मन शक्ति र क्रान्तिकारी माओवादी, नेकपा विप्लव माओवादी, नेमकिपा, नेकपा (माले), नेकपा (नेकपा)लाई बर्गीय र रणनीतिक दृर्ष्टिले मित्रशक्तिको रुपमा लिएको छ ।

    यस्तै अव नेपालमा सशस्त्र संघर्ष वा जनयुद्ध सुरु गर्न सक्ने अवस्था नभएको भन्दै शान्तिपूर्ण जनआन्दोलन नै अहिलेको संघर्षको प्रधान पक्ष भएको पनि पार्टीले जनाएको छ । चुनावका विषयमा पार्टीले आवश्यकता अनुसार उपयोग र बहिष्कार गर्नसक्ने कार्यनीति पनि अवलम्बन गर्नेछ । नेकपा (मसाल) सुर्खेतका प्रवक्ता मोहन थापाले प्रस्तुत गर्नुभएको महाधिवेशनको निर्णयमा साम्राज्यवादको विस्तार गर्न इसाई धर्मको प्रयोग गर्ने साम्राज्यवादी नीतिको विरोध गर्ने नीति पनि पार्टीले लिएको छ ।

    महाधिवेशनले ४३ सूत्रीय समसामयिक प्रस्तावहरु पारित गरेको र महासचिव खुल्ला नहुने निर्णयपनि गरेको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासचिव जनकराज शर्माले विप्लव माओवादी बर्गीय हिसावले मित्र शक्ति भएपनि जनता र राष्ट्रका विरुद्ध गरिएका हर्कतको भने विरोध गरिने जनाउनुभयो । उहाँले वर्तमान सरकारले धमाधम ल्याएका विधेयकहरु कसैले छलफल र विचारै नगरी ल्याएको आलोचना भोग्नुपरेको बताउनुभयो ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares