• schedule सोमवार, अशोज २७, २०७६

    संविधानको भावना र मर्म अनुसार शासन सञ्चालन भएन : कांग्रेस नेता सिंह

    ७ असार २०७६, शनिबार १७:१४

    Sharing is caring!

    सर्लाही । पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको भावना र मर्म अनुसार शासन सञ्चालन गर्न नसकेको आरोप लगाउनु भएकाे छ ।

    सर्लाहीको एक श्रद्धाञ्जली सभामा भागलिन बाराको सिमरा पुग्नुभएका कांग्रेस नेता सिंहले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको सम्बोधन गर्दै उक्त कुरा बताउनु भएकाे हाे । उहाँले सरकार चाहिने भन्दा नचाहिने क्षेत्र तर्फ हात हालेर विवादित हुँदै गएको बताउँदै संघीय सरकारले संविधानको मुल मर्म अनुसारको प्रदेश र स्थानीय तहको हक अधिकार माथी हस्तक्षेप गरेकोले प्रदेश र स्थानीय तहलाई काम गर्न असजिलो भएको बताउनु भयाे ।

    एक अर्को प्रसंङ्गमा बाेल्दै कांग्रेस नेता सिहंले गुठीको मुल मर्म र भावना बिपरीत प्राधिकरण मार्फत जग्गा जमिनमा चलखेल गर्न गुठी विधेयक ल्याएर शिष्ट र सभ्य रुपमा सञ्चालित समाजलाई बिथोल्न लागेकोले नेपाली कांग्रेसले सडकदेखि सदनसम्म आवाज उठाई गुठी विधेयक फिर्ता र खारेजीको माग गरेको बताउनु भयाे । उहाँले संसार भरि नैं विधिको शासनमा सरकार सँधै सत्ता पक्ष र संसद सँधै विपक्षमा हुने हुँदा विधि र प्रक्रिया अनुसर बोल्न खोज्दा संसदमा बन्देज लगाउनु आपत्तिजनक भएको बताउनु भयाे ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares