• schedule सोमवार, अशोज २७, २०७६

    स्व. गेलाङ परिवारलाई एक लाख नगद सहयोग

    ६ असार २०७६, शुक्रबार १८:०५

    Sharing is caring!

    सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले सवारी दुर्घटनामा परी निधन हुनुभएका पत्रकार नन्दबहादुर गेलाङको परिवारलाई एक लाख नगद सहयोग प्रदान गरेको छ । पत्रकार गेलाङको गत जेठ २९ गते भेरीगंगा नगरपालिका वडा नं. ८ लोदेमा टिप्परको ठक्करबाट मृत्यु भएको थियो ।

    नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सहसचिव समेत रहनुभएका स्वर्गीय पत्रकार गेलाङको परिवारलाई थोरै भएपनि राहत पुगोस् भन्ने उद्देश्यका शुक्रवार घरमै पुगेर गेलाङका श्रीमती टिकाकुमारी मस्र्यांगीलाई नगद एक लाखको चेक हस्तान्तरण गरिएको हो । पत्रकार महासंघ सुर्खेत शाखाले स्वर्गीय पत्रकार गेलाङको स्मृतिमा प्रत्येक बर्ष नन्दबहादुर गेलाङ स्मृति पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरेको छभने अक्षयकोष स्थापनाको गृहकार्य पनि थालेको छ । महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले स्व.पत्रकार गेलाङको परिवारलाई आर्थिक सहयोग जुटाउन अक्षयकोष स्थापना गरिने र सोहीबाट सहयोग प्रदान गरिने जानकारी दिनुभयो । आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, प्रदेश अध्यक्ष दुर्गा थापासहितको उपस्थिति थियो ।

    यसैगरी नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले शुक्रवार परिसरमा स्व. पत्रकार गेलाङको श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, प्रदेश अध्यक्ष दुर्गा थापा र जिल्ला अध्यक्ष गणेशकञ्चन भारतीले इमान्दार, संघर्षशील पत्रकार गुमाउनु पर्दा सुर्खेतको पत्रकारिताले क्षति भोगेको स्मरण गर्नुभएको थियो ।

    यसैवीच मिडिया काउन्सिल विधेयक फिर्ता गर्नुपर्ने मागसहितको हस्ताक्षर प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको छ । प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोख्रेललाई सुर्खेतका पत्रकारहरुले हस्ताक्षर बुझाएका हुन् । सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयक नियमनको नाउँमा नियन्त्रण गर्न खोजेको प्रष्ट भएकोले त्यसले पूर्ण प्रेस स्वतन्त्रताको हनन् हुने हुँदा खारेज गर्न माग गरिएको छ ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares