• schedule सोमवार, कार्तिक ४, २०७६

    स्व. गेलाङप्रति श्रद्धाञ्जली अर्पण

    ६ असार २०७६, शुक्रबार १३:४२

    Sharing is caring!

    सुर्खेत । गत जेठ २९ गते निधन हुनुभएका पत्रकार महासंघ सुर्खेत शाखाका सह–सचिव नन्दबहादुर गेलाङप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । वीरेन्द्रनगरमा शुक्रबार पत्रकार महासंघ सुर्खेत शाखाले एक कार्यक्रमको आयोजना गरी श्रद्धाञ्जली अर्पण गरिएको हो ।

    सुर्खेतका पत्रकारहरुको उपस्थिती रहेको कार्यक्रममा सबै पत्रकारहरुले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

    कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य कलेन्द्र सेजुवाल, पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापा, पत्रकार महासंघ सुर्खेत शाखाका जिल्ला अध्यक्ष गणेशकञ्चन भारती लगायतले श्रद्धाञ्जली अर्पण गर्दै मन्तव्य राख्नु भएको थियो ।

    विगत १६ बर्ष देखी भेरी एफएमबाट पत्रकारिता सुरु गर्नुभएका गेलाङ पछिल्लो समयमा सुर्खेत पहिचान दैनिकमा सम्पादकका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

    पत्रकारीतामा सक्रिय रुपमा कार्यरत रहनुभएका गेलाङका पत्नी, एक छोरा र एक छोरी हुनुहुन्छ ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares