• schedule सोमवार, कार्तिक ४, २०७६

    कैलालीमा विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता हुने

    ६ असार २०७६, शुक्रबार ०७:३२

    Sharing is caring!

    लम्की । कैलालीको धनगढीमा विद्यालय स्तरको नेपालको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता आयोजना गरिने भएको छ ।

    संस्कार क्रिकेट एकेडमी कैलालीले लिटल फ्लावर बोर्डिङ स्कुल, धनगढीको समन्वय एवम निस्ट कलेज काठमाडौको प्रायोजनमा धनगढीमा विद्यालय स्तरको नेपालमै ठूलो प्रतियोगिता आयोजना गर्न थालेको जनाएको छ ।‘‘निस्ट कलेज लिटल फ्लावर प्रीमियर लिग–४’’ आउंदोकार्तिक १६ गतेदेखि ३० सम्म संचालन गर्ने संस्कार क्रिकेट एकेडमीका अध्यक्ष रामचन्द्र साहीले जानकारी दिनुभयो ।

    लिग कम नक आउट फर्म्याटको प्रतियोगितामा देशभरिका १२ देखि १६ विद्यालयले सहभागीता जनाउने शाहीले बताउनुभयो ।

    सहभागी विद्यालयले आफ्नै स्कुलको कक्षा १० सम्मका १० खेलाडीसंगै यु१९ उमेर समुहका ४ खेलाडी समाबेस गर्न सक्नेछन् । इच्छुक विद्यालयले यही असार ३० गतेभित्र
    आवेदन दिनुपर्नेछ । छनोट हुने विद्यालय मात्र प्रतियोगितामा सहभागी हुने पाउने व्यवस्था आयोजकले गरेको छ ।

    प्रतियोगितामा सहभागी उत्कृष्ट खेलाडीहरु छनोट गर्दै ‘‘निस्ट कलेज लिटल फ्लावर एकदिवसीय स्कुल क्रिकेट’’ सन्चालन गरिने जानकारी आयोजकले दिएको छ । ‘‘प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई क्षमता अभिबृद्धिका लागि क्रिकेट सम्बद्ध निकायसंग सहकार्य गरी विभिन्न खाले अवसर दिनेछौं ।’’ संस्कार क्रिकेट एकेडमीका अध्यक्ष साहीले भन्नुभयो ‘‘विद्यालय स्तरमा रहेका खेलाडीको क्षमता विकासका साथै क्रिकेटमा देखिएको युवाको आकर्षण बढाउन यो खेल सहयोगी हुनेछ ।’’

    चौथौं संस्करणका रुपमा हुन थालेको क्रिकेट प्रतियोगिता गतबर्ष बिजेताले एक लाख ११ हजार एक सय ११ नगद प्राप्त गरेका थिए । यसबर्ष पुरस्कार राशी दोब्बर गरिने आयोजकले जनाएको छ । केही दिनमै पुरस्कार राशी घोषणा गरिने बताइएको छ । रासस

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares