• schedule मङ्लबार, कार्तिक ५, २०७६

    बजेट सन्तुलीत र समावेशी : मुख्यमन्त्री पोखरेल

    ६ असार २०७६, शुक्रबार ०७:२८

    Sharing is caring!

    बुटबल । प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश सरकारले पेश गरेको बजेट सन्तुलीत रहेको बताउनुभएको छ । बिहीबारको प्रदेशसभाको बैठकमा आगामी आवको आय व्ययको अनुमानमाथिको छलफलमा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले बजेट सन्तुलीत र समावेशी रहेको बताउनुभयो । “मन्त्रालयगत योजना रुपन्देहीमा बढी देखीयो तर बजेट सबै जिल्लामा जान्छ । कार्यालय जहाँ छन् बजेट त्यहीँ तोकीएको छ तर त्यो एकमुष्ठ कार्यक्रम सबै जिल्लालाई हो”, उहाँले भन्नुभयो, “कुनै एउटा जिल्लालाई केन्द्रमा राखेर बजेट आएको छैन् ।”

    स्रोतको सिमितताका कारण धेरै योजना समावेश हुन नसकेको उहाँले स्पष्ट पार्नुभयो । पहुँच र प्रभावको आधारमा नभएर आवश्यकताको आधारमा योजना छनोट गरिएको मुख्यमन्त्री पोखरेलले दाबी गर्नुभयो । उहाँले कार्यान्वयन गर्न सकिने योजनामा बजेट विनियोजन गरिएकाले कार्यान्वयन हुनेमा आशङ्का नगर्न आग्रह गर्नुभयो । रासस

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares