• schedule सोमवार, अशोज २७, २०७६

    यात्रु अभावले बुद्ध एयरको सन्ध्याकालीन उडान स्थगित

    ५ असार २०७६, बिहीबार १२:२८

    Sharing is caring!

    सुर्खेत । असार १ गतेदेखि शुरु भएको बुद्ध एयरको सन्ध्याकालीन उडान  हटाइने भएको छ  । जिल्लाबाट बुद्ध एयरको सन्ध्याकालीन उडान यात्रु अभावका कारण हटाइने भएको  हाे ।

    काठमाडौँका लागि बिहान र साँझ २ पटक उडान गर्ने भनेको बुद्ध एयरले यात्रु अभावका कारण उडान शुरू भएको १ हप्ता नहुँदै असार ६ गतेदेखि सन्ध्याकालीन उडान हटाउने भएको बुद्ध एयर सुर्खेतका स्टेशन इन्चार्ज नरबहादुर बस्नेतले जानकारी दिनुभयाे ।

    यसै हप्ताको शुक्रबारदेखि बुद्ध एयरको सुर्खेत-काठमाडौँ सन्ध्याकालीन उडान हटाइने बुद्ध एयर सुर्खेतका स्टेशन इन्चार्ज बस्नेतले जनाउनु भयाे । ‘यात्रु अभावका कारण हटाउन बाध्य भएका हौं,’ उहाँले भन्नुभयाे । उहाँका अनुसार बुद्ध एयरले असार १ गते साँझदेखि उडान गरेतापनि यात्रुहरु नभएकै कारण समस्या भएकाले सन्ध्याकालीन उडान हटाउनु परेकाे हाे ।

    हाल २ उडानमा काठमाडौँका लागि ४० यात्रु बुद्ध एयरले पाएको बस्नेतले बताउनुभयाे  ।

    असार १ गतेदेखि बुद्ध एयरले साँझदेखि उडान गरेकाे थियाे । गतबर्षको चैत २५ गतेदेखि विहान मात्रै उडान गरेको बुद्ध एयरले आइतवारदेखि साँझबाट उडान सुरु गरेको थियाे ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares