• schedule सोमवार, अशोज २७, २०७६

    कर्णालीमा जिप खस्दा गाउँपालिका उपाध्यक्षसहित सबै बेपत्ता

    ३ असार २०७६, मंगलवार १६:२२

    Sharing is caring!

    सुर्खेत । हुम्लामा यात्रुवाहक जिप कर्णाली नदीमा खसेको छ। हुम्लाको तल्लोखार्पुबाट सदरमुकामतर्फ आउँदै गर्दा लु १ ज ७१६६ नम्बरको जिप खार्पुनाथ गाउँपालिकाको वडा नं. ५ मा करिब ४५ मिटर तल नदीमा खसेको हो ।  जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहका अनुसार मंगलवार दिउँसो करिब १२ बजेको समयमा नदीमा खसेको हो ।

    सदरमुकाम सिमिकोटबाट झण्डै ९ किलोमिटर टाढाको दुरीमा रहेको उक्त दुर्घटना स्थलमा दुई वटा हेलिकप्टर सहित सुरक्षाकर्मी पुगिसकेको उनले बताए ।

    घटनाको उद्धारका लागि हुम्लाको याङ्चुबाट प्रहरी सहायक निरीक्षक सन्तोश पालको कमाण्डमा ५ जना र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहकायक निरीक्षक झकबहादुर रोकायको कमाण्डमा ५ जना घटनास्थल गएका छन् भने, नेपाली सेनाको सहायक सेनानी ओम प्रकाश पुनको कमाण्डमा ५ जनाको टोली घटनास्थल पुगिसकेको छ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares