• schedule सोमवार, अशोज २७, २०७६

    उपचारका लागि कोरियाबाट सहयोग

    २ असार २०७६, सोमबार १७:३४

    Sharing is caring!

    सुर्खेत । दक्षिण कोरियामा रहेका नेपालीहरुले भेरीगंगा नगरपालिका–१० सुर्खेतका मनबहादुर नगालको उपचारमा सहयोग गरेका छन् ।

    विद्यालयबाट घर फर्कीदा हावाहुरीले रुख ढलेर च्यापिएको खुट्टा काट्नु पर्ने भएकाले पीडित नगालको उपचारका लागि कोरियामा रहेका नेपालीले एक लाख एक हजार एक रुपिया सहयोग गरेका हुन ।

    भेरीगंगा नगरपालिकाका सम्पर्क समितिका सदस्य शिवप्रसाद पौडेल मार्फत सहयोग रकम मनबहादुरका परिवारलाई हस्तान्तरण गरिएको हो ।
    नगालकोे उपचारका लागि विभिन्न सङ्घसंस्था, समितिबाट सहयोग प्राप्त गरिदिन उनका परिवारले आग्रह गरेका छन् ।

    मनबहादुरको उपचारका लागि घरपरिवारले खर्च जुटाउन नसकेपछि सहयोग रकम संकलन गर्न अभियान थालिएको थियो । यसै अभियान अनुसार कोरिया बस्ने नेपालीहरुले नगाल परिवारलाई आर्थिक सहयोग गरेको दक्षिण कोरिया सुर्खेत सम्पर्क समितिका सल्लाहकार लोकेश खत्रीले जानकारी दिए ।

    एक महिनादेखि नगालकोे काठमाडौँ ग्रान्डी अन्र्तराष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । मनबहादुरको उपचारका लागि अहिलेसम्म १६ लाख खर्च भइसकेको आफन्तले जनाएका छन् ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares