• schedule सोमवार, कार्तिक ४, २०७६

    बराहतालको सार्वजनिक सुनुवाई, बिकासको योजना बनाउन सुझाव

    ३२ जेष्ठ २०७६, शनिबार १९:५६

    Sharing is caring!

    सुर्खेत  । बराहताल गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरको छ । चालु आर्थिक बर्षमा गाउँपालिकाले पारित गरेको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनबारे शनिबार बड्डिचौरमा सार्वजनिक सुनुवाई गरेको हो । गाउँपालिकाको सेवा प्रवाह, योजना कार्यान्वयन र भुक्तानीको अवस्था तथा योजना छनौटबारे गाउँपालिकाले नागरिकलाई जानकारी गराएको छ ।

    सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले बिकास निर्माणमा अपेक्षाकृत प्रगती नभएको, ८ नम्बर वडा कार्यालयको केन्द्र तोक्न नसकेको, सबै वडामा खानेपानीको व्यवस्था नभएको, गाउँमा विद्युतीकरणमा ढिलाई भएको, योजना निर्माणको ईष्टिमेट र कार्यान्वयन ढिलाई भएकोलगायतका गुनासोहरु राखेका थिए । गाउँपालिका स्तरीय रनिङ शिल्ड सञ्चालन गर्न नसकेको, विकट बस्तीमा स्वास्थ्य चौकी स्थापनाका ध्यान ध्यान नदिएको तथा सामुदायिक विद्यालयमा दरबन्दी सिर्जना गरी शिक्षक भर्ना हुन नसकेको जस्तो गुनासो गरेका छन् ।

    स्थानीयका प्रश्नको जवाफ दिँदै गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेतले नागरिकहरुबाट आएका सुझावलाई मार्ग दर्शक मानेर सुझावअनुसार अगाडि बढ्ने प्रतिबद्धता जनाए । उनले केही प्राविधीक कठिनाईले योजनाको भुक्तानीमा ढिलाई भएको स्वीकार गर्दै योजना छनौटको जिम्मेवारी वडालाई नै दिएको जनाए । ‘बस्तीस्तरबाट प्राथमिकतामा परेका योजनाहरलाई आवश्यक बजेट विनियोजन गरी योजना कार्यान्वयनमा लागेका छौ’ उनले भने, ‘नमूना गाउँपालिका बनाउने अभियानमा लागेका छौ ।’

    प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि एक हजार १९४ महिला र दुई हजार ७१ पुरुष गरि जम्मा ३ हजार २६५ जनाले आवेदन दिएकोमा गाउँपालिकाका १० वटै वडामा विभिन्न योजनाहरुमा उनीहरुलाई रोजगार सिर्जना गरेको बताए । नागरिकका सुझावका आधारमा योजना बनाउने, बजेट कार्यान्वयलाई अझ प्रभावकारी बनाउने, सबै वडा कार्यालयमा नागरिक वडापत्र राख्ने लगायतका १० बुँदे प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

    सार्वजनिक सुनुवाईमा एक दर्जन बढी सरोकारवालाले जवाफदेही वक्तालाई जिज्ञासा राखेका थिए ।

    गाउँपालिका अध्यक्ष बस्नेत, उपाध्यक्ष शोभाकुमारी शर्मा र प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद सापकोटाले नागरिककका जिज्ञासाको जवाफ दिएका थिए । मध्यपश्चिमाञ्चल विश्वविद्यालय कानून संकायका निर्देशक अर्जुनबहादुर अयडीले चालु आर्थिक बर्षको ३४ करोड २९ लाख ५१ हजार ६ को बजेटमध्ये १९ करोड १४ लाख ५४ हजार २८५ रुपियाँ खर्च भएको प्रतिवेदन प्रस्तुत गरे ।

    कार्यक्रममा नेपाली कांग्रेस बराहताल गाउँपालिकाका सचिव गगन नेपालीले जनगुनासो स्वभाविक भएको र यसलाई गाउँपालिकाले मार्गदर्शकको रुपमा लिनु पर्ने बताए । नेकपा सुर्खेतका सदस्य ताराकेशर गौतमले गाउँपालिकाले प्रस्तुत गरेको प्रतिवेदनमा सबै योजनाहरु समेटिएको भए पनि गाउँपालिकाको बिकास निर्माणका योजनाहरु खासै नदेखिएको बताए । उनले गाउँपालिकाको बिकासका लागिथ सबै दल मिलेर जानुको विकल्प नभएको बताए ।

    नेकपाकै रत्नप्रसाद सुवेदीले गाउँपालिकाले चित्त बुझ्दो प्रतिवेदन प्रस्तुत गरेपनि गाउँपालिकाको विकासका योजना र निर्माणका लागि अघि बढ्नुपर्ने सुझाव दिएका थिए ।

    इकोनोमिक रिफर्म मिडिया प्रा.लि. काठमाडौले सार्वजनिक सुनुवाईको समन्वय गरेको सार्वजनिक सुनुवाईको मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वडिन पिताम्बर ढकालले सहजीकरण गरेका थिए ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares