• schedule बुधबार, असार ११, २०७६

    पत्रकार गेलाङ परिवारलाई उचित क्षतिपूर्ति

    ३१ जेष्ठ २०७६, शुक्रबार १८:०८

    Sharing is caring!

    सुर्खेत ।  पत्रकार नन्दबहादुर गेलाङको टिप्परको ठक्करबाट मृत्यु भएपछि पीडित परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलव्ध गराउने सम्वन्धमा शुक्रवार बसेको सर्वपक्षीय बैठकमा ५ बुँदे सहमति भएको छ ।

    टिप्पर जिम्मा जमानी छोड्दा पीडित पक्षलाई अग्रिम जानकारी गराउने, मृतकका परिवारलाई आवश्यक क्षतिपूर्ति तथा राहतका लागि जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित निकायसमक्ष पहल र सिफारिस गर्ने, मृतकका बालबालिकालाई निःशुल्क शिक्षादीक्षाका लागि सम्बन्धित पालिकाको विद्यालय सिफारिस गर्ने, आर्थिक सहयोगको लागि विभिन्न संघसंस्था, प्रतिष्ठानहरुसंग पहल गर्ने र मृतक पत्रकार गेलाङको शवलाई पोष्टमार्टम गरी परिवारलाई बुझाउने सहमति भएको छ ।

    बैठकमा निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्का, प्रहरी प्रमुख बसन्त रजौरे, लेकबेसी नगरपालिकाका प्रमुख गगनसिंह सुनार,  गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनलगायतको उपस्थिति रहेको थियो ।

    यसैवीच पत्रकार गेलाङको शनिवार अन्त्यष्टि गरिने भएको छ । गत बुधवार भेरीगंगा नगरपालिका ७ लोदेमा टिप्परले ठक्कर दिएर पत्रकार गेलाङको निधन भएको थियो ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares