• schedule बुधबार, असार ११, २०७६

    नेपाली सेनाका हतियार प्रर्दशन

    ३१ जेष्ठ २०७६, शुक्रबार १५:१८

    Sharing is caring!

    सुर्खेत । नेपाली सेनाको उत्तरपश्चिम पृतना हेडक्वाटर सुर्खेतले पहिलो पटक सर्वसधारणले अवलोकन गर्ने पाउने गरि हतियारसहित सैन्य सामाग्री प्रर्दशन गरेको छ ।

    नेपाली सेनाले पहिलो पटक आफुसंग भएका हतियार तथा सैन्य सामाग्री विद्यार्थी तथा सर्वसधारणले अवलोकन गर्ने गरि तीन दिनसम्म प्रर्दशनमा राख्ने भएको छ । प्रर्दशनमा एन्टी माइन भ्यकल, बम डिस्पोज मेसिन, रकेट लन्चर तथा विपद व्यवस्थापन सामाग्रीहरु राखिएको छ ।

    विगत लामो समयदेखि नेपाली सेनाले विकास तथा शान्ति सेनामा गरेका कार्यहरुलाई सर्वसाधारणसम्म पुर्याउन प्रर्दशनी गरिएको पृतनापति उपरथी सरोजप्रताप राणाले बताए । स्थानिय जनतासंग हातेमालो गर्दे विपद व्यवस्थापनमा सहयोग पुर्याएको फोटोहरुले देखाउने उनको भनाई छ । । प्रर्दशनीमा नेपाली सेनाले विकास निर्माण, विपद् व्यवस्थापन, समयानुकल अवलम्बन गर्दै आएको सुरक्षा रणनीति तथा हतियारहरु बारे जानकारी दिइएको उनले बताए ।

    यस प्रर्दशनीले नागरीक र सेना वीचको सम्वन्ध अझै नजिकिने उपरथी राणाले बताए । सेनाका हतियार प्रत्यक्ष रुपमा अवलोकन गर्न पाउदा भने विद्यार्थीहरु उत्साहित थिए । असार १ गतेसम्म जारी रहने प्रदर्शनीमा नेपाली सेनाका विभिन्न प्रकारका हतियार, सैन्य तालिम, सैन्य सामग्री राखिएको छ ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares