शनिबार, साउन ३१, २०७७

आन्दोलनका नेता गुमायौँ : गृहमन्त्री थापा

३१ जेष्ठ २०७६, शुक्रबार १५:१३

चितवन । गृहमन्त्री रामबहादुर थापाले नेपालको गणतन्त्र स्थापनामा स्व धनिराम पौडेलको महत्वपूर्ण योगदान रहेको बताएका छन् । भरतपुरमा आज पत्रकारसँग कुराकानी गर्दै उनले नेपालमा भएका विभिन्न आन्दोलनमा पौडेलले पु¥याएको योगदान अतुलनीय रहेको बताए ।

पञ्चायतकालदेखि सङ्घीय गणतन्त्र स्थापनासम्म पौडेलले देशका विभिन्न ठाउँमा रहेर योगदान पु¥याएको थापाको भनाइ थियो । नेपाल सरकारको शिक्षामन्त्रीका रुपमा रहेर शैक्षिक विकासमा पौडेलले महत्वपूर्ण भूमिका निर्वाह गरेको थापाले बताए ।

नेपाली समस्त आन्दोलनका एउटा नेताको सङ्ज्ञा दिँदै मन्त्री थापाले पौडेलको निधनबाट सिङ्गो पार्टीमा क्षति पुगेको छ भने । पौडेलको ५३ वर्षको उमेरमा आज बिहान माडीस्थित आफ्नै निवासमा हृदयाघातका कारण निधन भएको थियो । मन्त्री थापा स्व पौडेललाई अन्तिम श्रद्धाञ्जलि दिन यहाँ आएका हुन्  ।

पौडेलको अन्त्येष्टि आज माडीमा हुँदैछ । उनलाई अन्तिम श्रद्धाञ्जलि दिन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता वामदेव गौतमलगायतका नेता चितवन आउँदै छन्  ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
1 Shares
Tweet
Pin
Share