• schedule मङ्लबार, भदौ ३१, २०७६

    रारा देखि छायाँनाथ हेलिकप्टर प्याकेज सुरु हुने

    ३१ जेष्ठ २०७६, शुक्रबार ११:२५

    Sharing is caring!

    मुगु । रारा देखि छायाँनाथ धामसम्म हेलिकप्टर प्याकेज सुरु हुने भएको छ । रारा आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा परे पनि रारा पुग्ने पर्यटकलाई थप घुम्ने र मनोरञ्जन दिन नसकिएको अवस्थामा असार पहिलो साताबाट रारा देखि छायाँनाथ धामसम्म हेलिकप्टर प्याकेज सुरु हुने भएको हो ।

    रारा पुग्ने पर्यटकले राराको पानी र बन जंगल मात्र हेर्ने, थप मनोरञ्जन र घुम्ने स्थान पहिचान गर्न नसक्दा पर्यटकको रारा बसाई छोटो हुने भएकाले पनि राराबाट स्थानीयले लाभ लिन नसकेको सरोकारवाला निकायले बताएका छन ।

    राराबाट धार्मिक स्थल छायाँनाथ देखिने भएपनि हिडेर जान चार पाँच दिन लाग्ने भएकाले रारा पुगेर छायाँनाथ जान चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि असार दोस्रो साताबाट हेलिकप्टर प्याकेज सुरु गरिने नेपाल भ्रमण वर्ष—२०२० कर्णाली प्रदेश पर्यटन प्रबद्र्धन प्रादेशिक कार्यक्रम संयोजक राजु कार्कीले जानकारी दिए । हिन्दु धर्मका पुराण अनुसार महादेवले शतीदेविको शव बोकेर घुम्दै जानेक्रममा अन्तिम अंग पतन भएको र विश्वका चारवटा मुख्य धाम मध्य जेठो धाम मानिएकाले पनि यसको विशेष महत्व रहेको हुँदा धार्मिक पर्यटनको सम्भावना रहेकाले रारा—छायाँनाथ हेलिकप्टर यात्रा सुरु गर्न लागेको संयोजक कार्कीले बताए ।

    शुक्रवार विहान सञ्चारकर्मिसंगको अन्तरक्रियामा संयोजक कार्कीले असार दोस्रो साता देखि रारा देखि छायाँनाथ—माथिल्लो मुगु हुँदै पुनः रारा फर्किने गरि हेलिकप्टरको प्याकेज यात्रा सुरु गरिने बताए । भारतीय पर्यटकलाई कैलाश मानसरोवर जान सबै भन्दा छोटो नाका गमगढी देखि मुगु गाउँ हुँदै नाक्चे लाग्नालाई विशेष प्राथामिकता दिई सरकारको ध्यान केन्द्रीत गराईने संयोजक कार्कीले बताए । यो नाकाबाट कैलाश मानसरोवर १ सय ५० किलो मिटर मात्र दुरी रहेको उनले बताए । रारा, छायाँनाथ, माथिल्लो मुगु लगायतका पर्यटकीय क्षेत्रमा पर्यटक बढाउन पोखरा रारा सोझै हवाई उडान गर्न पहल गरिने कार्कीको भनाई छ ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares