schedule शनिबार, माघ ४, २०७६

गलत नियतका व्यक्ति प्रहरी सङ्गठनमा अटाउँदैनन्’

९ जेष्ठ २०७६, बिहीबार २०:५५

Sharing is caring!

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नागरिकले महसुस गर्ने गरी कर्तव्य निर्वाह गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँ मातहतका प्रहरी कर्मचारीलाई बिहीबार सम्बोधन गर्दै उनले सङ्गठनको उद्देश्यअनुसार राजधानीको सुरक्षा व्यवस्थालाई नमूना बनाउने गरी अपराध नियन्त्रणमा सक्रिय हुन आग्रह गरे ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत नागरिकसँग समन्वय गरेर काम गर्नुपर्नेमा महानिरीक्षक खनालले जोड दिए । उनले कानून कार्यान्वयनमा उच्च मनोबलका साथ काम गर्न आग्रह गरे । सङ्गठनमा आँच आउने कार्य गर्न कसैलाई छुट नभएको खनालको भनाइ थियो । उनले भने, “गलत नियत
भएकालाई कुनै छुट छैन, त्यस्ता व्यक्ति प्रहरी सङ्गठनमा अटाउन सक्दैनन् ।” उनले विशिष्ट व्यक्तिको सुरक्षा, सडक सुरक्षा र नागरिकसँग प्रत्यक्ष सहकार्य
गर्ने प्रहरीको बोली, व्यवहार र क्रियाकलाप सरल तथा स्वच्छ हुनुपर्ने बताए ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्नेलाई पक्राउ गरी कानूनी दायरामा ल्याइने बताए । उनले छ महिनाको अवधिमा मादक पदार्थ सेवन नियन्त्रण र लागूऔषध बरामदमा उल्लेख्य सफलता प्राप्त भएको जानकारी दिए । उनले बेरुजु फछ्र्योटमा प्रहरी सफल भएको र आपराधिक गतिविधि नियन्त्रणमा सफलता प्राप्त भएको बताए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
shares