• schedule बुधबार, मंसिर २५, २०७६

    सुर्खेत काठमाडौं हवाई सेवा अब साँझ पनि

    ९ जेष्ठ २०७६, बिहीबार १७:२९

    Sharing is caring!

    सुर्खेत । बुद्धएयरले सुर्खेत–काठमाडौं दैनिक दुई उडान सेवा सञ्चालन गर्ने भएको छ । २०७४ चैत २१ गते बुधबार सुर्खेत विमानस्थलमा अवतरण गरेको बुद्ध एयरले आगामी असार १ गते अर्थात २०१९ जुन १६ देखि साँझ पनि सेवा प्रदान गर्ने भएको हो ।

    करिब एक वर्ष देखि विहान मात्रै को एटिआर ४२ विमानबाट सुर्खेत काठमाडौं सेवा प्रदान गर्दे आएकोमा आगामी असार १ गते देखि साँझ पनि सेवा सञ्चालन गर्ने कुरा जनाएको हो । बुद्धएयरले सामाजिक सञ्जाल ट्वीटरमा विहीबार ट्वीट गर्दै साे कुराकाे जानकारी गराएको हो ।

    सुर्खेत काठमाडौं उडानका लागि विहान ९ : ३० वजे र साँझ ५ : ३० वजे हुने बुद्धएयरले जानकारी गराएको छ ।

    अहिले एक हजार २५० मिटर धावनमार्गमा बुद्ध एयरले मात्रै एटिआर ४२ विमानबाट दैनिक एउटा उडान गर्दै आएको छ । झण्डै आठ हजारदेखि ११ हजार भाडा रहेको छ । अब उडान थप गरे हालकाे भाडा दरमा परिवर्तन हुने आशा गरिएपनि बुद्धएयरले भने त्यस बारे आफ्नाे सूचनामा उल्लेख गरेकाे छैन ।

    थप जानकारीका लागि

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares