• schedule आइतवार, मंसिर २९, २०७६

    सुर्खेतमा ग्याँस उद्योग शिलान्यास

    ८ जेष्ठ २०७६, बुधबार १७:३३

    Sharing is caring!

    सुर्खेत । सुर्खेतमा ग्याँस उद्योगकाे शिलान्यास गरिएकाे छ । अर्काे वर्ष देखि ग्याँस उद्योग सञ्चालन गर्ने गरी भेरीगंगा नगरपालिका वडा नं. १० मा प्लान्टको शिलान्यास गरिएको हाे ।

    वर्षौदेखि बाँके. दाङ र कैलालीलगायतका जिल्लाबाट खाना पकाउने एलपी ग्याँस आयात हुँदै आएको सुर्खेतमा बुधबार शिलान्यास गरिएको वर्षा ग्याँस उद्योगको निर्माणको कार्य २०७७ वैशाख मसान्तभित्र सके लगत्तै सिलिण्डरमा ग्याँस भरेर बजारमा पठाउने तयारी भैरहेको छ ।

    सुर्खेतका प्रतिष्ठित व्यापारी टेकबहादुर भण्डारी, बखतबहादुर भण्डारी, जयबहादुर खड्का र वीरबहादुर रावतको संयुक्त लगानीमा उद्योग सञ्चालनमा आउन लागेको हो ।

    सबै काम निर्धारित समयमै पूरा भए २०७७ वैशाख १५ गतेदेखि कर्णालीवासीका चुलोमा कर्णालीमै उत्पादित ग्यासँका सिलिण्डर हुने सञ्चालकहरुको दाबी छ ।

    हाल भेरीगंगा नगरपालिकाको वडा नं. १० मा ३० वर्षका लागि ४ विगाहा जग्गा भाडामा लिएर उद्योग सञ्चालन गर्न लागिएको सञ्चालक जयबहादुर खड्काले बताए ।

    १२ हजार मेट्रिक टन क्षमताको उद्योग अन्य उद्योगको तुलनामा आधुनिक हुने दाबी गर्दै सञ्चालक खड्काले भने, प्रविधि र औजार उपकरण नयाँ र ग्याँस अटोफिलिंग प्रविधिको हुनेछ । उद्योगले कर्णालीका १० जिल्लामा सेवा दिने बताउँदै खड्काले ग्याँस आपूर्तिका लागि ३ वटा आफ्नै ग्याँस बुलेट रहने जानकारी दिए ।

    सुर्खेतमा ग्याँस उद्योग नहुँदा अहिलेसम्मपनि सुर्खेतलगायत कर्णाली प्रदेश पूरै दाङ, बाँके र कैलालीमा रहेका ग्याँस उद्योगहरुमा निर्भर रहँदै आएका छन् ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares