• schedule शनिबार, साउन ४, २०७६

    समुन्नत समाज निर्माण गर्न पार्टी एकता : डा. भट्टराई

    ४ जेष्ठ २०७६, शनिबार ०७:४९

    Sharing is caring!

    पोखरा । समाजवादी पार्टीका सङ्घीय परिषदका अध्यक्ष डा. बावुराम भट्टराईले समुन्नत समाजवाद निर्माणका लागि समाजवादी पार्टीको स्थापना गरिएको बताएका छन् । पार्टीको गण्डकी प्रदेशको तमुवान–मगरातद्वारा शुक्रबार आयोजित प्रादेशिक अभिमुखीकरण कार्यक्रममा उनले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउनुका साथै सुशासनलाई टेकेर समृद्ध नेपालको जगमा समुन्नत समाजवादको निर्माण गर्ने पार्टीको लक्ष्य रहेको बताए ।

    दुवै पार्टी समाजवादी र लोकतान्त्रिक विचारधाराका रुपमा रहेकाले एक ठाउँमा आएर मुलुकलाई नयाँ विकल्प दिएको उल्लेख गर्दै उनले पार्टीलाई
    बुद्धिमतापूर्ण ढङ्गले प्रथम राजनीतिक शक्तिका रुपमा स्थापित गर्ने उल्लेख गरे । उनले मुलुकको भौंगोलिक एकीकरण भएपनि अहिलेपनि भाषिक
    तथा सांस्कृतिक विकास हुन नसकेकाले राष्ट्रिय र बाह्य एकताका लागि पार्टीले ठोस रुपमा दायित्व निर्वाह गर्ने बताए ।

    सोही कार्यक्रममा उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले समाजिक न्यायमा आधारित राज्य प्रणालीलाई अगाडि बढाउनमा यो एकताले
    महत्वपूर्ण भूमिका खेल्ने बताए । नागरिक स्वतन्त्रता, लोकतन्त्रमा आधारित समानता, विभेदको अन्त्य र मुलुकलाई समृद्ध बनाउने पार्टीको नीतिरहेको
    प्रसङ्ग उल्लेख गर्दै उनले सुशासन, समाजवाद, पहिचानसहितको सङ्घीयता र गरिबी अन्त्य गर्न दुई शक्ति एकीकृत भएको जानकारी गराए ।

    उनले हिमाल, पहाड र तराईलाई भावनात्मक रुपमा जोड्ने कार्य पार्टीले गरेकाले जातीय, धार्मिक, भाषीय र विभिन्न संस्कृतिको संरक्षण तथा सम्बद्र्धनका
    साथै पहिचानसहितको सङ्घीयताका लागि एक्यबद्ध भएर लाग्ने उल्लेख गरे । “विदेशीलाई नागरिकता दिनु हुन्न र नेपाली नागरिकको सन्तानलाई राज्यविहीन
    बनाउनु हुँदैन्”, समाजवादी पार्टीका अध्यक्षसमेत रहनुभएका यादवले भने, “लैङ्गिक समानता, विभेद र गरिबीको अन्त्य गर्नु आवश्यक रहेको छ ।”

    सो पार्टीका वरिष्ठ नेता अशोक राईले रहर र लहडमा पार्टी एकता नगरेको उल्लेख गर्दै राष्ट्रिय आवश्यकताका लागि दुई पार्टी मिलेर समाजवादी पार्टीको
    स्थापना गरेको बताए । उनले असङ्ख्य चूनौंतिको सामनाका लागि साङ्गठनीक रुपमा पार्टीलाई वलियो बनाउनुपर्ने विषयमा जोड दिए ।

    पार्टीका नेता देवीप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव गङ्गालाल श्रेष्ठ, उपमहासचिव प्रकाश अधिकारी,
    सचिव दूर्गा स्वारलगायतले हिमाल, पहाड र तराईको एकताका रुपमा पार्टीको स्थापना भएको धारणा व्यक्त गरेका थिए । रासस

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares
    error: समाचार copy गर्न पाइने छैन । Khabarera.com