• schedule शनिबार, साउन ४, २०७६

    बुद्धजयन्तीको अवसरमा राष्ट्रपतिद्धारा शुभकामना

    ४ जेष्ठ २०७६, शनिबार ०७:३५

    Sharing is caring!

    काठमाडौँ । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६३ औँ जन्मजयन्तीको अवसरमा विश्वभरका बौद्धमार्गी एवम् शान्ति र अहिंसाप्रेमी समुदायहरूमा शुभकामना व्यक्त गरेकी छन् ।

    राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्ग दर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सवल बनाउन सकिने विश्वास लिएको बताएकी छन् ।

    आर्थिक समृद्धि, सामाजिक विकास एवम् सुशासन प्राप्तिको राष्ट्रिय लक्ष्य हासिल गर्न मूलुकमा दीगो शान्ति र सुदृढ राष्ट्रिय एकता प्रमुख शर्त भएको उल्लेख
    गर्दै राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “यस महत्वपूर्ण अवसरमा समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय संकल्प साकार पार्न
    आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न सबै शान्तिप्रेमी दाजुभाइ दिदी बहिनीहरूमा हार्दिक आव्हान गर्न चाहन्छु ।”

    राष्ट्रपति भण्डारीले पवित्र भूमि लुम्बिनीमा जन्मेका राष्ट्रगौरव एवम् शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको संयोग परेको
    आजको पवित्र दिनमा हामी सबैमा एक आपसमा सहिष्णुता, सद्भाव, अहिंसा एवम् विश्व शान्तिको महान अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना गरेकी छन् । रासस

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares
    error: समाचार copy गर्न पाइने छैन । Khabarera.com