• surkhet online bazar
  • schedule सोमवार, जेष्ठ ६, २०७६

    विकासका लागि सकारात्मक सोच आवश्यकः मुख्यमन्त्री भट्ट

    ४ जेष्ठ २०७६, शनिबार ०७:२२

    Sharing is caring!

    मार्तडी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकासका लागि सकारात्मक सोच आवश्यक भएको बताएका छन् । उनले सकारात्मक
    सोचको अभावले प्रदेश विकासमा पछि परेको बताए ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराद्धारा आयोजित २६औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा मुख्यमन्त्री भट्टले नेतृत्व तहमा बस्नेले सकारात्मक सोच
    राख्नुपर्ने उल्लेख गरे । “सकारात्मक सोच राखे दुर्गमको विकास सम्भव छ”, उनले भने, “दूर दराजमा रहेका जनतालाई सकारात्मक सोचले नै
    मूलधारमा जोड्न सकिन्छ ।” उनले प्रदेश सरकारसँगै स्थानीय तहले समेत विकासको बारेमा सोच्नु जरुरी रहेको बताए ।

    मुख्यमन्त्री भट्टले बाजुरा पर्यटन, उद्योग र कृषि क्षेत्रमा थुप्रै सम्भावना भएको जिल्ला भएकाले स्थानीय सरकारले कार्य योजना बनाएर अघि बढ्नुपर्नेमा जोड
    दिए । जिल्लाको प्राकृतिक स्रोत साधनको परिचालनले आर्थिक विकासमा टेवा पुग्ने उनको भनाइ थियो ।

    सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले जिल्लाको विकासका लागि व्यक्ति र समुदाय भएर लाग्नुपर्नेमा जोड दिए ।
    उनले विकास गर्न प्रदेश सरकार लागिपरेको बताए । रासस

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares