• schedule बुधबार, असार ११, २०७६

    लोकसभा निर्वाचन अन्तर्गत छैठौँ चरणको मतदान

    २९ बैशाख २०७६, आईतवार ०७:३६

    Sharing is caring!

    एजेन्सी । भारतमा भइरहेको लोकसभा निर्वाचन अन्तर्गत छैठौँ चरणको निर्वाचनका लागि आज मतदान हुँदैछ । आज ५९ ओटा निर्वाचन क्षेत्रमा मतदान हुने भारतको निर्वाचन आयोगले जनाएको छ ।

    आइतबार हुने निर्वाचनबाट संघीय मन्त्री मेनका गान्धी, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, काँग्रेस नेता दिग्विजय सिंह र भारतीय जनता पार्टी (भाजपा)का प्राज्ञ सिंहठाकुरसहित ९६८ जनाको राजनीतिक भाग्य फैसला हुनेछ । यस चरणमा उत्तर प्रदेशका १४, हरियानाका दश, मध्य प्रदेश, विहार र पश्चिम बंगालका आठ आठ, नयाँ दिल्लीका सात र झारखण्डका चार निर्वाचन क्षेत्रमा मतदान हुन लागेको हो ।

    भारतमा गत अप्रिल ११ देखि यस पटकको लोकसभा निर्वाचन भइरहेको छ । सात चरणमा हुने केन्द्रीय निर्वाचनको अन्तिम चरण यही मे १९ मा सम्पन्न हुनेछ ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares