बिहिबार, अशोज ८, २०७७

किन दुखी छन् आमाहरु ?

२१ बैशाख २०७६, शनिबार ०७:००
126 Shares

सर्वप्रथम त सबै आमाहरुमा आत्मै देखि मातातिर्थ औंसीको शुभकामना, आमा मात्र हुन एउटी जुन अरुको लागि बाच्छिन पुरै जिन्दगी छोराछोरीको निम्ति समर्पण गर्छिन, तर अफसोच छोराछोरीको कर्तुतले आज आमा सारै दुखी छिन् । उनले गरेका त्याग, उनले सहेको पीडा, उनले गरेको दुःख सबै आज उनलाई बोझ लागिरहेछ ।
सामान्यतया तीन प्रकारको अवस्थामा छोराछोरी हुर्किएका हुन्छ्न् उच्च, मध्यम अनि निम्न । यो उच्च र निम्न अवस्थामा हुर्किएका सन्तानका आ–आफ्नै चरित्र सोच र बिचार हुन्छ्न् । निम्न अवस्थाका सन्तान मदिरामा मातिएर नालीमा लडिरहेका हुन्छ्न् त्यसैगरी उच्च अवस्थाका सन्तान पाँच तारे होटेलमा बसेर मदिराको प्याला लिइरहेका हुन्छ्न, उनीहरुको अवस्था फरक भएपनि ताल र हाल एउटै हो ।
मध्यम खालमा सन्तान अपबादको रुपमा मात्र कुसंस्कारी भएर निस्कन्छ । आश्रममा देखिने प्राय आमाहरु उच्च अवस्थाका हुन्छ्न् । भनिन्छ नि जति पढायो लेखायो त्यति सन्तान टाढा हुन्छ्न् ,छोराछोरी पढायो लेखायो आफ्ना हात खुट्टा बस्ने सन्तान आवश्यक पर्दा उनीहरु टाढा गैदिन्छ्न ।
हामीले पढेको विषयको केही काम छैन् नेपालमा भन्दै अष्ट्रेलिया, क्यानडा गएर बसिदिन्छ्न् । अनि उच्च अव्यवस्थाका आमा आउने त्यही आश्रम हो । के काम त्यो सम्पत्ति ,के काम त्यो कुपुत्र छोरो । भन्ने ले त भन्लान श्रीमतिको कुरा सुनेर आमा छोड्यो, अब छोरोले आमा छोड्दा श्रीमति किन बीचमा परिन् । छोराले बुझ्नु पर्ने होइन र श्रीमति त अर्का कि छोरी जोडेको नाता तोड्न नि सकिन्छ ! आमा छोड्न भन्दा त श्रीमति सँगको नाता तोड्नु बेस हैन र ? छोराको हरेक गल्ती, फैसलाले आमा लाई पिरोल्छ। मदिरा प्रेमी छोरा भएनी कलेजो कुहियो कठै आमालाई पिर, ऋण गर्ने जुवा तास खेल्ने गैरजिम्मेवार छोरा भएनी आमालाई नै पिर, बाउहरु एस्ता कुराको प्रतिकार खासै गर्दैन्न, दाइ भाइ केही समयको लागि मात्र साथ हुन, चित्त नबुझे श्रीमती नि अर्कै सँग गैदिन्छ्न, दिदी बहिनी अर्काको घर जाने, अन्तमा पीडा आमालाई नै हो ।
सन्तान कुसंस्कारी हुनुमा आमाहरुको नि गल्ती छ काहीँ कतै । कतै पढेको थिए छोराले सियो चोरेर ल्याउदा आमाले स्याबासी दिइन् पछि गएर छोरो दरबार फोड्ने भयो रे आमाले त्यतिखेरै खैलाबैला गरेर कान पड्काएर सुधारेको भए छोरो सभ्य बन्थ्यो । कुलतमा फसेका सन्तानलाई इज्जत जाने डरले समाज, आफन्तबाट बचाएर राख्दा आज छोरा मदिराको दलदलमा होमिएको छ । आमाहरुले सन्तानको गल्ती लुकाउदा छोराछोरी नराम्रो काम तिर प्रेरित हुन्छ्न, नतिजा आमाहरुले नै दुख पीडा असफलता सहनु पर्छ । त्यसैले छोराछोरी लाई सभ्य बनाउनुस् योग्य दक्ष बनाउनुस, एक दिन फेसबुकका भित्तामा देखिएका आमाहरु भोलिका दिनमा आश्रम तिर देख्न नपरोस् ।

किन दुखी छन् आमाहरु ?

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
126 Shares
Tweet
Pin
Share