• schedule मङ्लबार, साउन ७, २०७६

    केपीएलको प्रथम पुरस्कार राशी ५ लाख

    ४ बैशाख २०७६, बुधबार १७:०३

    Sharing is caring!

    सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग (केपीएल) सञ्चालन हुने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा यही १२ देखि २१ गतेसम्म सञ्चालन हुने कर्णाली प्रिमियर लिगका संयोजक रेशम शाहीले जानकारी दिए ।

    राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडीहरुको सहभागिता रहने उक्त प्रतियोगितामा देशभरका ८ वटा क्लबहरुको सहभागिता हुने भएको छ । ए पि एफबाट बसन्त रेग्मी, त्रिभुवन आर्मी क्लबबाट विनोद भण्डारी, पुलिस क्लबबाट मन्जित श्रेष्ठ, लालीगुराँस क्रिकेट क्लब झापाबाट मेहवु आलम, महेन्द्रनगर क्रिकेट क्लबबाट सुशिल खड्का, मध्यपश्चिम क्रिकेट क्लब बाँकेबाट अजय शाहनी, हिमालयन क्रिकेट एकेडेमी काठमाडौंबाट सुरेन्द्र चन्द, कर्णाली ११ बाट रविन्द्रजंग शाहीको सहभागिता हुने आयोजकले जनाएको छ ।

    प्रतियोगितामा प्रथम पुरस्कार ५ लाख, दृतीय पुरस्कार २ लाख हुने छभने म्यान अफ द सिरिजलाई पचास हजार हुने छ । साथै वेष्ट वलरलाई २० हजार, व्याट्सम्यानलाई २० हजार र प्रत्येक खेलमा म्यान अफ द म्याचमा एक जनालाई ३५०० पुरस्कार दिइने छ ।

    करिव १० दिनसम्म सञ्चालन हुने प्रतियोगिता झण्डै ६० लाख खर्च हुने अनुमान गरिएको छ । साथै, खेलमा सहभागी हुने क्लबहरुले प्रत्येक टिममा २ जना विदेशी खेलाडी सहभागी गराउन सक्ने छन् ।

    प्रतियोगितामा ८ टिमलाई २ वटा समुहमा विभाजन गरि प्रत्येकले एक–अर्कासँग १–१ खेल खेलेपछि समुहको उत्कृष्ट दुई टिमले सेमी फाइनलमा खेल्न पाउने छन् ।

    लिग–कम नक–आउट फम्र्यामा आयोजना हुने प्रतियोगिता आईसीसीको नियम अनुसार खेलाइने संयोजक शाहीको भनाई छ । प्रतियोगितामा सहभागी हुने प्रत्येक खेलाडीको आवास र खानाको व्यवस्था आयोजकले नै गर्ने अध्यक्ष शाहीले बताए ।

    दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग (केपीएल) को सिजी फोर्स नेपाल प्रालिको उत्कृष्ट उत्पादन वाई वाई चाउचाउको मुख्य प्रायोजन रहेको आयोजकले जनाएका छन् ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares
    error: समाचार copy गर्न पाइने छैन । Khabarera.com