• schedule मङ्लबार, साउन ७, २०७६

    खानामा विष हालिदिएको आशंका

    ४ बैशाख २०७६, बुधबार १६:१४

    Sharing is caring!

    सुर्खेत । गत चैत २९ गते राती लेकवेसी नगरपालिका वडा नं. ६ हिलेसोतामा खाना खाइ सुतेका ३ जनामध्ये एक जनाको मृत्यु भएको छभने दुई जना विरामी बनेका छन् ।

    मृत्यु हुनेमा अमृता वली छिन्भने उनका श्रीमान् चक्रबहादुर वली र छोरी दुर्गा वली विरामी भएका छन् । चैत २९ गते राती खाना खाएर सुतेका उनीहरु अचेत भएपछि उपचारका लागि राती ९ बजेतिर कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत ल्याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि कोहलपुर रिफर गरिएको वलीका छोरा यामबहादुर वलीले जनाए ।

    उनका अनुसार आमा अमृता वलीको बुधवार विहान मृत्यु भएको छभने बुवा चक्रबहादुर र दिदी दुर्गाको उपचार जारी रहेको छ । खानामा कसैले विष हालिदिएको आशंका यामबहादुरले गरेका छन् । घटनापछि नजिकैको प्रहरी चौकीमा जाहेरी गरिएको उनले बताए । खाना खाएर सुतेका उनीहरु कसरी अचेत भए, खानामा कसैले विष हालिदिएको हुनसक्ने आशंका गर्दै उनले जतिसक्यो छिटो खोजी गरिदिन आग्रह गरेका छन् । एक बर्ष अगाडि पनि एक दर्जन बाख्रा विषबाट मृत्यु भएको उनले जनाए ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares
    error: समाचार copy गर्न पाइने छैन । Khabarera.com