• surkhet online bazar
  • karnali states student admission campaign
  • schedule शुक्रबार, बैशाख १३, २०७६

    स्थानीय तहमा मात्रै पौने २४ अर्ब बेरुजू

    ४ बैशाख २०७६, बुधबार १५:५६

    काठमाडौं । स्थानीय तहमा मात्रै पौने २४ अर्ब बजेट बेरुजू देखिएको छ । महालेखापरीक्षकको ५६ औं प्रतिवदेनले स्थानीय तहको प्रारम्भीक बेरुजू २३ अर्ब ७७ करोड ५५ लाख २८ हजार रुपैयाँ रहेको देखाएको हो ।

    महालेखापरीक्षकको प्रतिवेदन अनुसार प्रदेश नम्बर १ का १३७ वटा स्थानीय तहमा ४ अर्ब ३० करोड ३२ लाख ८३ हजार रुपैयाँ, प्रदेश नम्बर २ का १३६ स्थानीय तहमा ६ अर्ब ३९ करोड ४४ लाख ९१ हजार रुपैयाँ, प्रदेश नम्बर ३ का ११९ स्थानीय तहमा ३ अर्ब ४८ करोड ५३ लाख ५८ हजार रुपैयाँ, गण्डकी प्रदेशका ८५ स्थानीय तहमा १ अर्ब ७७ करोड ४२ लाख ९६ हजार रुपैयाँ बेरुजू देखाएको छ ।

    त्यसैैगरी प्रतिवेदन अनुसार प्रदेश नम्बर ५ का १०९ स्थानीय तहमा ३ अर्ब २६ करोड ४८ लाख ८ हजार रुपैयाँ, कर्णाली प्रदेशका ७९ स्थानीय तहमा २ अर्ब ५७ करोड १६ लाख रुपैयाँ र सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमा १ अर्ब ९८ करोड १६ लाख ३२ हजार रुपैयाँ बेरुजू देखिएको छ ।

    महालेखापरीक्षकको-छपन्नौं-वार्षिक-प्रतिवेदन-min

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe