• surkhet online bazar
  • karnali states student admission campaign
  • schedule बुधबार, बैशाख ११, २०७६

    बैशाखभर जिल्ला दौडाहमा कांग्रेस वरिष्ठ नेता पौडेल

    ४ बैशाख २०७६, बुधबार १०:१५

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकमहिने जिल्ला भ्रमणका कार्यक्रम तय गगरेका छन् । नेपाली कांग्रेसका विभिन्न कार्यक्रममा सहभागि हुनका लागि पौडेलले सुदुरपश्चिम प्रदेश, ५ नम्बर प्रदेश र २ नम्बर प्रदेशका विभिन्न जिल्ला भ्रमणका कार्यक्रम तय गरेका हुन् । पौडेलका जिल्ला भ्रमणका कार्यक्रम बैशाख ५ गतेबाट सुरु भएर बैशाख २४ गते सकिने उनका निजि सचिव चिरिन्जीवी अधिकारीले जानकारी दिएका छन् ।
    जिल्ला भ्रमण कार्यक्रम :
    बैशाख ५ गते : पोखरा प्रस्थान हिरामणी सुवेदीको चौरासी पूजामा सहभागि
    बैशाख ७ गते : भैरहवा प्रस्थान, रुपन्देही क्षेत्र नम्बर ४ को क्षेत्रिय सम्मेलनलाई सम्बोधन
    बैशाख ८ गते : रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रिय सम्मेलनलाई सम्बोधन
    बैशाख ९ गते : रुपन्देही क्षेत्र नम्बर ७ को क्षेत्रिय सम्मेलनलाई सम्बोधन गरि काठमाडौं फर्कने
    बैशाख १० गते : सडक मार्ग हुँदै सप्तरीका लागि प्रस्थान (रात्री मुकाम राजविराज)
    बैशाख ११ गते : नेपाली कांग्रेस सप्तरी क्षेत्र नम्बर २ ले आयोजना गरेको हनुमाननगर काङकालनी नगरपालिकाको भारदहमा आयोजित आमसभालाई सम्बोधन (रात्री मुकाम राजविराज)
    बैशाख १२ गते : सिरहामा कार्यकर्ता भेटघाट
    बैशाख १३ गते : नेपाली कांग्रेस रामेछाप नगरसमितिले आयोजना गरेको एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा सहभागि
    बैशाख १४ गते : रौतहटको राजापुरमा नेपाली कांग्रेसले आयोजना गरेको आमसभालाई सम्बोधन
    बैशाख १५ गते : काठमाडौं फिर्ता
    बैशाख १६ गते : धनगढी हुँदै दार्चुला प्रस्थान (रात्री मुकाम दार्चुला)
    बैशाख १७ गते : नेपाली कांग्रेस दार्चुलाको जिल्ला सम्मेलनलाई सम्बोधन दार्चुलाबाट बैतडि प्रस्थान (रात्री मुकाम बैतडि)
    बैशाख १८ गते : बैतडिको मेलौलीमा नेपाली कांग्रेसले आयोजना गरेको आमसभालाई सम्बोधन (रात्रीमुकाम खड्पे)
    बैशाख १९ गते : नेपाली कांग्रेस बझाङद्धारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन (रात्री मुकाम बझाङ)
    बैशाख २० गते : नेपाली कांग्रेस डडेलधुराद्धारा आयोजित विभिन्न कार्यक्रमलाई सम्बोधन (रात्री मुकाम डडेलधुरा)
    बैशाख २१ गते : नेपाली कांग्रेस कञ्चनपुरद्धारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन (रात्री मुकाम महेन्द्रनगर)
    बैशाख २२ गते : बिहान कैलालीको बेलौरीमा कार्यकर्ता भेटघाट, दिउसो धनगढिमा कार्यकर्ता भेटघाटलाई सम्बोधन (रात्री मुकाम धनगढी)
    बैशाख २३ गते : कैलालीको टिकापुरमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन (रात्री मुकाम टिकापुर)
    बैशाख २४ गते : कैलालीको हसुलियामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन पछि काठमाडौं फर्कने ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe