• schedule मङ्लबार, साउन ७, २०७६

    भेरी बबईको बाँकी काम पनि छिट्टै : प्रधानमन्त्री (भिडियो सहित)

    ३ बैशाख २०७६, मंगलवार २०:५५

    Sharing is caring!

    सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै पहिलो पटक मेसिनबाट सुरुङ निर्माण गरिएको भेरी बबईलाई नमुना आयोजनको रुपमा अघि बढाउने बताएका छन् । आयोजनाको बाँकी काम बाँध र विद्युत् उत्पादन गर्ने कार्यलाई पनि छिटो सम्पन्न गरिने प्रधानमन्त्री ओलीलेको भनाई छ ।

    बर्दिया र बाँकेको ५१ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने र बाह्रै मास ४८ मेगावाट विद्युत उत्पादन गर्ने सरकारको बहुउद्देश्यीय राष्ट्रिय गौरबको आयोजना हो ।

    भेरी नदीमा बाँध बाँधेर १२ किलोमिटर २ सय मिटर लामो सुरुङबाट ४० क्युबिक मिटर प्रतिसेकेन्ड पानी बबई नदीमा लगेर खसालिनेछ । शुरुङ निर्माणको लागत १० अर्ब ५७ करोड रुपैयाँ समेत गरी इन्टेक र पावर हाउस समेत जोड्दा आयोजना सम्पन्न गर्न करिब ३३ अर्व रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

    ‘ब्रेक थ्रु’ काे भिडियो

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares
    error: समाचार copy गर्न पाइने छैन । Khabarera.com