• schedule मङ्लबार, साउन ७, २०७६

    टेण्डरै नभएर बुलबुले तालको बजेट फ्रिज जाने संकेत

    ३ चैत्र २०७५, आईतवार १७:५३

    Sharing is caring!

    सुर्खेत । कर्णाली प्रदेशकै चर्चित सुर्खेतको बुलबुले तालको लागि प्रदेश सरकारले छुट्याएको पाँच करोड बजेट टेण्डर आव्हान नै नभइ फ्रिज जाने संकेत देखिएको छ । बुलबुलेको गुरुयोजनासहितको कर्णाली प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा पठाएको दुई महिना नाघिसक्दा पनि अझै टेण्डर नभएपछि काम नभएर बजेट फ्रिज जाने संकेत देखिएको हो ।

     

    सुर्खेत उपत्यका नगर विकास समितिले गत पुस २४ गते बुलबुले तालको विस्तृत परियोजना र माघ ३ गते लागत इष्टिमेटसहितको फाइल उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय पठाएको थियो । समितिका अध्यक्ष नारायण कोइरालाले आवश्यक कागजात सवै ठीक पारेर पठाएको दुई महिना नाघिसक्दा पनि टेण्डर आव्हान नभएपछि बजेट फ्रिज जाने सम्भावना बढेको बताए । उनले मन्त्रालयमा फाइल अड्किरहेकोले टेण्डर हुन ढिलाइ गरेको जनाए ।

    यता मन्त्रालयले भने आफूहरुसंग प्राविधिक नहुँदा सो फाइल कहिले भौतिक पूर्वाधार विकास मन्त्रालय त कहिले शहरी विकास डिभिजनमा पु¥याउनुपरेकोले ढिलाइ भएको जनाएको छ । मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायाले मन्त्रालयमा सम्बन्धित जनशक्ति नहुँदा भौतिक पूर्वाधार विकास मन्त्रालयमा पठाइ, त्यहाँबाट पनि शहरी विकास डिभिजनमा पठाइएको र स्वीकृत भएर पुनः भौतिक पूर्वाधार विकास मन्त्रालयमा आएपछि मन्त्रालयबाट टेण्डर प्रकाशित हुने जानकारी दिए ।

    उता कर्णाली प्रदेशसभा सदस्य यामलाल कँडेलले कर्मचारीको ढिलासुस्तीले बजेट फ्रिज जाने सम्भावना बढेको बताउँछन् । चैत महिनासम्म पनि टेण्डर हुन नसकेमा प्रक्रियाहरु मिलाउँदा बर्ष लाग्ने र आर्थिक बर्षपनि सकिने भएकोले बजेट भइभइ पनि बुलबुलेको कामै हुन नसकी फ्रिज जाने संकेत देखिएको उनले जनाए ।

    पाँच करोडको यो गुरुयोजनालाई दुई चरणमा विभाजन गरेर काम गर्ने योजना बनाइएको छ । पहिलो चरणमा बुलबुलेको ठूलो ताललाई तीन गुणा ठूलो र वरिपरि पर्खाल बनाइनेछभने दोस्रो प्याकेजमा बुलबुलेभित्र आवश्यक पिक्निक स्पटहरुको निर्माण गरिनेछ ।

     

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares
    error: समाचार copy गर्न पाइने छैन । Khabarera.com