• surkhet online bazar
  • karnali states student admission campaign
  • schedule शुक्रबार, बैशाख १३, २०७६

    फोरलेन सडकसँगै पुल निर्माणले तिव्रता

    ३ चैत्र २०७५, आईतवार ०९:५७

    सुर्खेत । कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा फोरलेन सडकसँगै पुल निर्माणले तिव्रता पाएको छ । निर्माणाधीन फोरलेन सडकखण्डमा चालु वष देखि निर्माण शुरु गरिएका ५ वटा पुल निर्माणको कामले तिव्रता पाएको हो ।

    ढोडेखाली खोला, खोर्केखोला, इत्रामखोला, नेवारेखोला र ग्रागेतााल खोलामा पुल निर्माणको कार्य धमाधाम भईरहेको डिभिजन कार्यालय सुर्खेतका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए । उनले पुल निर्माणको काम २५ प्रतिशत सकिएको बताए ।

    वीरेन्द्रनगर फोरलेन सडक निर्माणकै क्रममा छ । त्यस अन्तर्गत पर्ने पाँचवटा खोलामा पक्की पुल निर्माणको काम चालु आर्थिकबाट सुरु भएको हो । डिभिजन सडक कार्यालय सुर्खेतले ठेक्का आह्रवान गरेर पुल निर्माणका लागि सपना, आशिष, श्याम एण्ड शंकर जेभीलाई जिम्मा दिएको छ ।
    गत वैशाखमा निर्माण सम्झौता भएको पुलको कार्यअवधि ३१ महिनाको छ । पाँच पुलको लागत ३३ करोड १९ लाख ७७ हजार रुपैयाँ रहेको छ । अहिलेकै रफ्तारमा काम भए निर्धारित समयमै काम सकिने डिभिजन सडक कार्यालयका प्रमुख अधिकारीले जनाए ।

    खोलाको माटोको परिक्षणका आधारमा पायलिङ्ग प्रविधिबाट पुल निर्माणको काम गरिएको सपना, आशिष, श्याम एण्ड शंकर जेभीका निर्माण व्यवसायी पदम खड्काले बताए । उनका अनुसार सुर्खेतमा पायलिङ्ग प्रविधिबाट पहिलो पटक पुल निर्माणको काम शुरुवात गरिएको जनाए ।

    ढोडेखाली खोला, नेवारे खोला र गाग्रेताल खोलामा पायलिङ्गको काम सकिन लागेको र बाँकी २ वटा पुलमा पायलिङ्ग गरिने निर्माण व्यवसायी खड्काले जनाए । इत्राम र खोर्केखोलामा भने यसअघि नै निर्माण गरिएका दुई लेनका पुल रहेका छन् । तर यी पुल फोरलेन अनुकुल नभएपछि पुलको दायाँ बायाँ विस्तार गरिने उनले जनाए ।

    स्थानीय तहहरुले पुल निर्माणका लागि आवश्यक सामग्रीे ढुवानी गर्न नदिँदा पुल निर्माण कार्यमा समस्या उत्पन्न हुने गरेको सपना, आशिष, श्याम एण्ड शंकर जेभीका निर्माण व्यवसायी पदम खड्काले गुनासो गरे । उनले भने ‘समयमै सामग्री आएको भए अहिलेसम्म तिनओटा पुलमा पायलिङ्गको काम सम्पन्न भइसक्थ्यो ।’ कम्पनीले तयारीमा राखेका बालुवा र गिट्टी ढुवानी गर्न नदिँदा पुल निर्माणमा केही ढिलाई भएको उनले बताए ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe