schedule शुक्रबार, चैत्र ८, २०७५

फोरलेन सडककाे पुल निर्माणकाे २५ प्रतिशत काम सम्पन्न

३० फाल्गुन २०७५, बिहीबार १७:००

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माणाधिन फोरलेन सडकखण्डमा निर्माणाधिन ५ वटा पुलको २५ प्रतिशत काम सम्पन्न भएको छ । डिभिजन कार्यालय सुर्खेतका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार ढोडेखाली खोला, खोर्केखोला, इत्रामखोला, नेवारेखोला र ग्रागेतााल खोलाको पुलको निर्माण धमाधाम भईरहेको छ । प्रमुख अधिकारीले भने ‘सम्रगमा पुल निर्माणको काम २५ प्रतिशत सकिएको छ ।’



वीरेन्द्रनगर फोरलेन सडक निर्माणकै क्रममा छ । त्यस अन्तरगत पर्ने पाँचवटा खोलामा पक्की पुल निर्माणको काम चालु आर्थिकबाट सुरु भएको हो । डिभिजन सड्क कार्यालय सुर्खेतले ठेक्का आह्रवान गरेर पुल निर्माणको जिम्मा सपना, आशिष, श्याम एण्ड शंकर जेभीलाई दिएको छ ।

गत वैशाखमा निर्माण सम्झौता भएको पुलको कार्यअवधि ३१ महिनाको छ । पाँच पुलको लागत ३३ करोड १९ लाख ७७ हजार छ । यहीँ रफ्तारमा काम भए निर्धारित समयमै काम सकिने प्रमुख अधिकारीले जनाए ।

खोलाको माटोको परिक्षणका आधारमा पायलिङ्ग प्रविधिबाट पुल निर्माणको काम गरिएको सपना, आशिष, श्याम एण्ड शंकर जेभीका निर्माण व्यवसायी पदम खड्काले बताए । उनका अनुसार सुर्खेतमा पायलिङ्ग प्रविधिबाट पहिलो पटक पुल निर्माणको काम शुरुवात गरिएको हो ।

ढोडेखाली खोला, नेवारे खोला र गाग्रेताल खोलामा पायलिङ्गको काम सकिन लागेको र बाँकी २ वटा पुलमा पायलिङ्ग गरिने निर्माण व्यवसायी खड्काले जनाए । इत्राम र खोर्केखोला पुल भने यसअघि नै निर्माण गरिएको थियो । तर यी पुल फोरलेन अनुकुल नभएपछि पुलको दायाँ बायाँ बिस्तार गरिने उनले जनाए ।

वीभिन्न तहका स्थानिय तहहरुले पुल निर्माणका लागि आवश्यक सामग्रीे ढुवानी गर्न नदिँदा पुल निर्माण कार्यमा समस्या उत्पन्न हुने गरेको सपना, आशिष, श्याम एण्ड शंकर जेभीका निर्माण व्यवसायी पदम खड्काले गुनासो गरे । उनले भने ‘समयमै सामग्री आएको भए अहिले सम्म तिनओटा पुलमा पायलिङ्गको काम सम्पन्न भइसक्थ्यो ।’ उनका अनुसार कम्पनीले तयारीमा राखेका बालुवा र गिट्टी ढुवानी गर्न नदिँदा पुल निर्माणमा केही ढिलाई भएको हो । उनले पुल निर्माणका लागि आवश्यक सामग्री सहजै ढुवानी भए निर्धारित समयमै काम सम्पन्न गरिने जनाए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe