schedule शुक्रबार, चैत्र ८, २०७५

प्रदेशलाई मृगौला रोग उपचारको केन्द्र बनाउँछौँ – मुख्यमन्त्री पोखरेल

३० फाल्गुन २०७५, बिहीबार १६:००

दाङ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पछिल्लो समय मानिसको सुःखमय जीवनशैलीका कारण मृगौला रोगीको सङ्ख्या बढ्दै गएको बताएका छन् । 

विश्व मृगौला दिवसका अवसरमा आज तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको कार्यक्रममा उनले प्रदेश भित्रका तीनवटै प्रादेशिक अस्पतालमा मृगौला रोग उपचारको केन्द्र सञ्चालन गर्न तयार गरिने बताए । 

उनले अब काठमाडौँमा मात्रै नभएर प्रदेशस्तरमा पनि मृगौला रोगीको लागि प्रभावकारी उपचार केन्द्र सञ्चालन गर्न डा ऋषिकुमार काफ्लेलाई अनुरोध गरे । 

“हामीले प्रदेशभित्रका तीनवटा प्रादेशिक अस्पतालमध्ये कुन अस्पताललाई कुन विशेषज्ञको रुपमा विकास गर्ने भन्ने योजना बनाएका छौँ’ उनले भने, “केन्द्रले त्यहीअनुसार अधिकार दिए हामी अस्पतालको स्तरवृद्धि गर्न तयार छौँ ।”, 

त्यस्तै मुख्यमन्त्री पोखरेलले आँखाको उपचारका लागि आधारभूत तहको विशेषज्ञ सेवा प्रदेशभित्रबाट दिनका लागि पनि प्रदेश सरकारले नीति बनाएको बताए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe