• surkhet online bazar
  • schedule आइतवार, जेष्ठ ५, २०७६

    खेलकूदको संस्थागत विकासमा सरकार प्रतिबद्ध : अध्यक्ष प्रचण्ड

    २८ फाल्गुन २०७५, मंगलवार १९:४९

    Sharing is caring!

    विराटनगर । नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकूदको संस्थागत रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

    अखिल नेपाल फुटबल सङ्घद्वारा विराटनगरको शहीद रङ्गशालामा आयोजित महिला साफ फुटबल च्याम्पियनसीप प्रतियोगिताको आज उद्घाटन गर्दै उनले सरकारले स्थानीय तहबाटै खेलकूदको जग बसाल्ने गरी योजना अघि बढाउने बताए ।  

    अध्यक्ष दाहालले नेपालमा पहिलो पटक भइरहेको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताले विराटनगरको मात्र नभई देशकै गौरव बढेको बताए । उनले राष्ट्रिय एकता बलियो बनाउन र स्वास्थ्यको लागि पनि खेलकूदको ठूलो भूमिका भएकाे उल्लेख गरे । अध्यक्ष दाहालले नेपाली महिला फुटबल खेलाडीले आफूलाई शक्तिशाली बनाउन खेलमा अझै सुधार गर्दै जानुपर्ने सुझाव दिए । 

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन वटै सरकारको प्राथमिकतामा खेलकूद रहेको बताए । उनले विराटनगरलाई खेलकूदको राजधानी बनाउने योजनासाथ अधि बढ्ने दृढता व्यक्त गरे । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले यो प्रतियोगिता विराटनगरमा हुनु नै ठूलो उपलब्धी भएकाे बताए । 

    आयोजक सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पाले फुटबल जस्ता खेलले देशको प्रतिष्ठा बढाउन र खेलाडीलाई व्यावसायिक बन्न मद्दत गरिरहेको बताए ।आजको उद्घाटन खेलमा नेपालले भुटानलाई शून्यका विरुद्ध तीन गोलले पराजित गर्यो । भोलिको खेल भारत र माल्दिभ्सबीच हुने भएको छ ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares