schedule शुक्रबार, चैत्र ८, २०७५

विकासे बजेट खर्च गर्नुपर्नेमा सांसदको जोड

२६ फाल्गुन २०७५, आईतवार १७:४७

सुर्खेत । कर्णाली प्रदेशका सांसदहरूले कर्णाली प्रदेश सरकारले तेस्रो चौमासिक सकिन लाग्दा पनि विकासे खर्च नगरेको भन्दै सरकारको चर्को आलोचना गरेको छ । सक्ने कुरामा काम गर्न नसकेको बताउँदै आएको बजेटलाई विकासमा खर्च नगरेको सांसदहरुको आरोप छ ।

आइतबार बसेको प्रदेश सभाको बैठकमा सहभागी सांसदहरूले सरकारले अबको चार महिनामा विकासे बजेट खर्च गर्नुपर्नेमा जोड दिए ।

सदनमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले प्रदेशमा आएको बजेट खर्च गर्नुपर्नेमा जोड दिए । उनले भने ‘सरकारका विकासका काम कतैपनि देखिएन, सरकारले गफ मात्रै गरेर समय वर्वाद गरेको छ ।’ त्यो विकासे बजेट खर्च गर्ने संयन्त्र नभए स्थानीय तहमा जिम्मा दिउँ,’ उनले थपे, ‘त्यसको अनुगमन गर्ने जिम्मा मन्त्री र त्यस क्षेत्रका प्रदेश सभा सदस्यलाई दिउँ । यसरी अघि बढन सके बजेट खर्च गर्न सकिन्छ ।’

सांसद अमरबहादुर थापाले विप्लव समूहको आतंक नियन्त्रण गर्न प्रदेश सरकारको ध्यान जानुपर्ने बताए । उनले विप्लव समूहले व्यवसायी र स्थानीय तहका जनप्रतिनिधिहरूलाई समस्यामा पार्ने गरेकोले यसमा प्रदेश सरकाले ध्यान पु¥याउन आग्रह गरे । व्यवसायी, जनप्रतिनिधिबाट संस्थागत र व्यक्तिगत रूपमै विप्लवले चन्दा माग्न थालेको आफूले सुनेको बताउँदै उनले यो खालको गतिविधि अन्त्य गर्नका लागि जोड दिन सरकारसँग आग्रह गरे ।

सांसद पद्मी कुमारी बोहराले कर्णालीका हिमाली जिल्लामा हिमपातका कारण सयौं चौरी गाई मरेको भन्दै सरकारले उचित क्षतिपूर्ती दिनका लागि सरकारको ध्यानाकर्षण गराईन्

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe