• schedule मङ्लबार, भदौ ३, २०७६

    विश्वकप फुटसलः नेपालको शुरुआती प्रतिद्वन्द्वी क्यानडा

    २६ फाल्गुन २०७५, आईतवार १६:२१

    Sharing is caring!

    काठमाडौँ । विश्व फुटसल महासङ्घको आयोजनामा हुने बाह्रौँ संस्करणको विश्वकप फुटसल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा क्यानडाको सामना गर्ने पक्का भएको छ । 
    अर्जेन्टिनामा हुने उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी क्यानडा पाएको आयोजकले आज सार्वजनिक गरेको खेल तालिकामा उल्लेख छ । 

    उक्त प्रतियोगितामा १६ टोली सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ जसमा नेपाल समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा क्यानडासहित क्याटलना र फ्रान्स छन् । 
    आगामी चैत १७ गतेदेखि शुरु हुने उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल चैत १८ गते क्यानडासँग खेल्नेछ । त्यस्तै नेपालले दोस्रो खेलमा चैत १९ गते क्याटलनासँग र समूहको अन्तिम खेल चैत २० गते फ्रान्ससँग खेल्नेछ ।

    समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछन् । उक्त प्रतियोगिताका लागि नेपाल फुटसल सङ्घले खेलाडी छनोट गरिसकेको जनाइएको छ । उक्त विश्वकप फुटसलमा नेपालले वाइल्ड कार्डबाट सहभागिता जनाउन लागेको हो । 

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares
    error: समाचार copy गर्न पाइने छैन । Khabarera.com