schedule शुक्रबार, चैत्र ८, २०७५

काँक्रेविहारलाई प्लाष्टिक मुक्त बनाइने

२५ फाल्गुन २०७५, शनिबार १७:३२

सुर्खेत । दोस्रो लुम्बिनीको रुपमा परिचित सुर्खेतको काँक्रेविहारलाई प्लाष्टिक मुक्त बनाइने भएको छ । काँक्रेविहार रहेको वीरेन्द्रनगर नगरपालिका–९ का वडाअध्यक्ष सुरेश मानन्धरले काँक्रेविहारको सुन्दरलाई थप उजागर गर्न प्लाष्टिक मुक्त बनाइने बताएका हुन् ।

शनिवार सेडा आवासीय विद्यालयले काँक्रेविहार क्षेत्रमा गरेको सरसफाई पछि आयोजित कार्यक्रममा काँक्रेविहारमा फोहोर बढ्दै गएको उल्लेख गर्दै अव वडाले प्लाष्टिक मुक्त बनाउने कदम चाल्ने जानकारी दिए । उनले दोस्रो लुम्बिनीको रुपमा चर्चा कमाएको काँक्रेविहारको थप विकास र संरक्षण गर्न आवश्यक रहेको र त्यस कार्यमा वडा लागेको उल्लेख गरे । लुम्बिनी हुँदै काँक्रेविहार र रारा तथा मानसरोबरसम्मको सर्किटको विकास गर्न प्रदेश तथा संघीय सरकारलाई उनले सुझाव दिए ।

सेडा आवासीय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश सिंह थापाले काँक्रेविहार सुर्खेतको मात्र नभइ प्रदेशकै गौरव भएकोले यसको उचित विकास र संरक्षणमा जोड दिए । सोही अवसरमा सेडा आवासीय विद्यालयले फोहोर व्यवस्थापनका लागि डस्विनसमेत हस्तान्तरण गरेको छ । सेडाका अध्यक्ष माधव खनाल, प्रिन्सिपल रुपेश भण्डारीसहित विद्यार्थीहरुले नगद संकलन गरी खरिद गरिएको डस्विन हस्तान्तरण गरिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe