• schedule मङ्लबार, भदौ ३, २०७६

    लुम्बिनीमा भिक्षुद्वारा प्रवज्या

    १८ फाल्गुन २०७५, शनिबार ०८:१८

    Sharing is caring!

    रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा ४९० भिक्षुले सामूहिक प्रवज्या लिएका छन् । 

    मायादेवी मन्दिर परिसरमा शुक्रबार धार्मिक अनुष्ठानका साथ चिवर र शिलधारण गरेर उनीहरुले प्रवज्या लिएका हुन् । उनीहरुलाई थाइल्याण्डका भिक्षु थावरले प्रवजित गरेका हुन् । 

    नेपालका प्रथम महासङ्घनायक ‘अरिय धम्मरक्खित नेपाल बुद्ध शासन वंशालङ्कारसिरी सङ्घमहानयक अग्गमहापण्डित’ भिक्षु भद्धन्त प्रज्ञानन्द महास्थवीरको १२९ औँ जन्मजयन्तीका अवसर पारेर कुलपुत्रलाई प्रवजित गरी भिक्षु बनाइएको हो । कुलपुत्र प्रवजित कार्यक्रममा नेपाल, भारत, थाइल्याण्डलगायत विभिन्न देशका भिक्षु सहभागी थिए । बुद्धको जिवनी, लुम्बिनीको महत्व, बौद्ध धर्म र शिक्षाबारे जानकारी गराउन सामूहिकरुपमा प्रवज्या अर्थात् एकैपटक धेरैलाई भिक्षु बनाउने गरिन्छ । प्रवज्या कार्यक्रममा कुलपुत्रलाई स्थायी तथा अस्थायीरूपमा भिक्षु बनाइएको थाई भिक्षु कोनले जानकारी दिए । 

    थाइ दाता, विभिन्न विहार र नेपाल पर्यटन बोर्डको सहयोगमा पाँचौँपटक लुम्बिनीमा आयोजना गरिएको प्रवज्या शिविरअन्तर्गत शुक्रबार विशेष समारोहको आयोजना गरी कुलपुत्रलाई सामूहिकरुपमा प्रवज्जीत गरिएको कार्यक्रमका सहयोगी प्रवीण शाक्यले जानकारी दिए । 

    तेइसदिने शिविरअन्तर्गत आज लुम्बिनीमा भिक्षुलाई सामूहिकरुपमा भिक्षाटन गराइने कार्यक्रम छ । बुद्ध धर्मअनुसार शाक्यमुनिमा एक दिनका लागि भए पनि भिक्षु बन्नैपर्छ भन्ने मान्यता रहेको छ । यस्तै फागुन २९ गते बुटवल, पाल्पालगायत देशका विभिन्न शहरमा भिक्षाटनको कार्यक्रम राखिएको छ । यही फागुन ३० गते शान्तिदीप प्रज्वलन गर्ने र चैत ३ गते शिविर समापन कार्यक्रम रहेको छ ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares
    error: समाचार copy गर्न पाइने छैन । Khabarera.com